२०८३ असोज १८ गते आईतबार

चाँडपर्वमा काठमाडौँमा ३,५०६ प्रहरी परिचालन हुने, ड्रोन उडाएर निगरानी राखिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १६
Nepal police pressmeet-Nepal photo library-12

काठमाडौँ: दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँमा कडा सुरक्षाको तयारी प्रहरीले गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी परिसरले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा तथा आवागमनलाई सहज बनाउन काठमाडौँ जिल्लाभर ३ हजार ५०६ प्रहरी परिचालन गर्ने जानकारी दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले तयार पारेको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना–२०८३’ अनुसार सुरक्षा योजना २०८३ असोज १६ गतेदेखि पुस ३० गतेसम्म लागू हुनेछ। आवश्यकताअनुसार तालुक कार्यालयबाट थप जनशक्ति तथा रिजर्भ टोलीसमेत माग गरिने उल्लेख छ।

योजनाअनुसार मन्दिर सुरक्षा, खसी बजार, रात्री गस्ती, सीआरभी परिचालन, संवेदनशील तथा बढी भीडभाड हुने स्थानमा विशेष ड्युटी परिचालन गरिनेछ। चाडपर्वका क्रममा सार्वजनिक भीडभाड हुने स्थान, एम्बुलेन्स सञ्चालन, घरदैलो कार्यक्रम, समुदाय–प्रहरी साझेदारी, बजार अनुगमन, ‘डग स्निफिङ’ र कार्यालय सुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ।

प्रहरीले चाडपर्वका समयमा हुनसक्ने हत्या, बलात्कार, मानव बेचबिखन, चोरी, पाकेटमारी, लुटपाट, अपहरण, धम्की, जुवा तथा लङ्गुरबुर्जा, नक्कली नोट तथा वैदेशिक मुद्रा ठगी र पेय पदार्थ तथा लागुऔषध मिसावट लगायतका गतिविधिलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।

त्यसैगरी पटका तथा आतसबाजीबाट आगलागी वा दुर्घटना, मदिरा सेवनपछि सवारी दुर्घटना, नक्कली टिकट तथा यात्रु ठगी, घर बन्द रहेको अवस्थामा चोरी र खसी बजार तथा मेलामा अत्यधिक भीड हुनसक्ने जोखिमलाई पनि योजनामा समेटिएको छ।

प्रहरीले धार्मिक स्थलतर्फ पशुपतिनाथ, गुहेश्वरी, दक्षिणकाली लगायतका स्थानलाई संवेदनशील क्षेत्रका रूपमा राखेको छ। त्यस्तै न्युरोड, असन, कोटेश्वर, कलंकी, नयाँ बसपार्क, बालाजु तथा प्रमुख बजार र सपिङ मलहरूमा विशेष सुरक्षा व्यवस्था गरिनेछ।

सरकारी तथा निजी कार्यालय, बैंक तथा एटीएममा समेत सुरक्षा निगरानी बढाइनेछ।

चाडपर्वमा घर जाने तथा फर्किने यात्रुको सहजताका लागि कलंकी, कोटेश्वर, गौशाला, गोंगबु बसपार्क, बीजी मल लगायतका स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गर्ने योजना छ।

यसका अतिरिक्त २५ वटा सामुदायिक सेवा केन्द्रमार्फत सेवा प्रदान गर्ने र घटना भएको स्थानमा ५ देखि १० मिनेटभित्र पुग्ने गरी सुरक्षा व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।

सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको छ। योजनाअनुसार काठमाडौँमा १४२ वटा सीसीटीभीमार्फत् निगरानी राखिनेछ। यस्तै ३ वटा ड्रोन उडाएर सुरक्षा निगरानी राखिने प्रहरीले जनाएको छ। यसबाहेक तालिमप्राप्त ‘के–९ डग युनिट’ परिचालन गरिनेछ।

काठमाडौँका प्रमुख नाका, बढी भीडभाड हुने तथा अन्य संवेदनशील स्थानमा डग ह्यान्डलरसहितको टोलीबाट नियमित ‘डग स्निफिङ’ गरिनेछ।

प्रहरीका अनुसार चाडपर्वका क्रममा मोबाइल गस्ती, पिकेट, पैदल गस्ती, स्ट्राइकिङ, रिजर्भ, सीआरभी, क्विक रेस्पोन्स टिम ट्राफिकसहितको संयुक्त चेकिङ, सादा पोसाकका प्रहरी र यात्रु/नागरिक सहायता कक्ष परिचालन गरिनेछ।

प्रकाशित: २०८३ असोज १६ गते शुक्रबार ०४:५१
प्रतिक्रिया

थप समाचार

जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु 

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ। शनिबार वनस्थलीस्थित घन्टीघरमा पार्टी सभापति रवि लामिछानेद्वारा जुम्लाको स्याउ बाँडेर सुरु...

बेनी–जोमसोम सडक बन्द हुँदा मुस्ताङको स्याउ बारीमै थन्कियो, किसान–व्यापारी चिन्तित

मुस्ताङ: केही दिनअघिको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान र व्यापारी चिन्तित बनेका छन्। दशैँअघिको सोह्र श्राद्ध चलिरहेको...

२१ हजारको ल्युब आयल किनेका लालबाबुले जिते १० लाख, यी हुन् १ लाख जित्ने १५ जना

काठमाडौँ: सरकारले पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि असोज १५ गतेसम्मका विजेता घोषणा गरेको छ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत पर्साका लालबाबु साह कानुले १०...

अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौँ: देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा...

हेलिकप्टरको खर्च १५ अर्ब होइन १५ करोड मात्र होः गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले विपद्का घटनापछिका बैठकहरू अब केवल औपचारिकतामा सीमित नभई परिणाममुखी र प्रभावकारी बनाइएको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना