२०८३ असोज १८ गते आईतबार

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १८
482229731_1191734018981818_4961382105116707870_n

‘आजको दिनमा ‘ट्रिपअडभाइजरमा ‘शेर्पा’ रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्, गज्जबका उद्यमी पनि हुन्,’ २०२४ मार्च १२ मा नेपाली कांग्रेसका सभापति (तत्कालिन महामन्त्री) गगन थापाले लेखेका थिए, ‘नेपालीहरूले जहाँ भए पनि गज्जब गर्न सक्छन् र कांग्रेस उद्यमीहरूको पार्टी हो भन्ने कुरा स्थापित गर्न सालिकले गरेको मेहनतको कथा एउटा अर्को उदाहरण हो। आफू वरपरका र पार्टीका साथीहरूले गर्नुभएको गज्जबको कामहरुलाई पस्किने जमर्को गर्ने छु। तपाईंहरुको साथको अपेक्षा रहनेछ।’

कथा नेपालीको र कथा कांग्रेसको ह्याजट्यागसहित थापाले गौतमको प्रशंसा गरेका थिए।

उनै उद्यमी शालिकराम गौतम यतिवेला न्युरोडको आम्सटर्डमबाट ७ हजार १० किलोमिटर वर आफ्नो मुलुकमा छन्। उनी यसवेला न व्यापारिक प्रयोजनका लागि आएका हुन्, न चाँडपर्व मनाउन त न पारिवारिक भेटघाटमा। उनी आएका हुन् काठमाडौँमा जारी नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी हुन।

उनी खुलामञ्चमा आइतबारदेखि सुरु हुन लागेको कांग्रेस महाधिवेशनमा आगामी ४ वर्षका लागि केन्द्रीय कार्यसमिति सदस्य पदको उम्मेदवारी दिँदैछन्। उनले जनसम्पर्क समिति क्लष्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

कांग्रेस महाधिवेशनमा उनको यो पहिलोपटकको सहभागिता भने होइन। १३औँ महाधिवेशनका सदस्य उनी १४औँ महाधिवेशनमा महासमिति सदस्य थिए। उनी नेदरल्यान्डस्थित जनसम्पर्क समितिका पूर्व सभापति तथा व्यवसायी  पनि हुन्। नेदरल्यान्डमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका गौतम सफल उद्यमी हुन्।

को हुन् गौतम ?

नेपाली कांग्रेससँग लामो समयदेखि आबद्ध रहँदै आएका उद्यमी तथा राजनीतिक कार्यकर्ता शालिकराम बागलुङे हुन्। विद्यार्थी राजनीतिबाट करियर सुरु गरेका गौतम महाजन माध्यमिक विद्यालय, बागलुङमा उनी विद्यालयको इकाइ नेतृत्वमा रहेर राजनीतिमा सक्रिय भएका थिए।

रोजगारी र व्यवसायका सिलसिलामा विदेश पुगेपछि पनि गौतमको राजनीतिक सक्रियता भने रोकिएन। बेल्जियममा रहँदा उनी नेपाली कांग्रेसको जनसम्पर्क समितिमा आबद्ध भए र महामन्त्रीको जिम्मेवारीसमेत सम्हाले। पछि नेदरल्यान्ड्स पुगेका उनी त्यहाँ पनि कांग्रेसको संगठन निर्माणमा सक्रिय रहे। नेदरल्यान्ड्सस्थित जनसम्पर्क समितिमा महामन्त्रीको जिम्मेवारीपछि उनी सभापतिको भूमिकामा समेत पुगे।

गौतमको अर्को परिचय सफल व्यवसायीका रूपमा पनि बनेको छ। नेदरल्यान्ड्सको आम्स्टर्डममा उनी रेस्टुरेन्ट व्यवसायमा संलग्न छन्। त्यहाँ उनले सञ्चालन गरेको ‘शेर्पा रेस्टुरेन्ट’ आम्स्टर्डमको चर्चित रेस्टुरेन्टका रूपमा स्थापित भएको छ। उक्त रेस्टुरेन्टले फेसबुमा ४.९/५, द फोर्कमा ९.४/१० र ट्रिप डटकममा ४.८/५ रेटिङ पाएको छ।

व्यवसायसँगै नेपाली समुदाय र कांग्रेसको संगठनात्मक गतिविधिमा उनको संलग्नता निरन्तर रहँदै आएको छ।

विदेशमा रहेर कांग्रेसको संगठनमा सक्रिय रहने क्रममा गौतम पार्टीका विभिन्न शीर्ष नेतासँग पनि सम्पर्कमा रहे। तत्कालीन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग उनको निकट राजनीतिक सम्बन्ध थियो। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग पनि उनको राजनीतिक सम्बन्ध रहेको छ।

कांग्रेसको महाधिवेशनमा सहभागी हुने उनको यात्रा पनि पुरानो हो। १३औँ महाधिवेशनमा उनले महाधिवेशन सदस्यका रूपमा सहभागिता जनाएका थिए भने १४औँ महाधिवेशनमा महासमिति सदस्यको जिम्मेवारीमा थिए। विदेशमा बसेर पनि पार्टीका महत्त्वपूर्ण राजनीतिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुन उनी पटकपटक नेपाल आउने गरेका छन्।

पार्टीभित्रको पछिल्लो राजनीतिक बहसमा पनि गौतम सक्रिय देखिएका छन्। जेनजी आन्दोलनपछि कांग्रेसभित्र विशेष महाधिवेशनको आवश्यकता उठेका बेला उनी त्यस अभियानसँग जोडिएका थिए। अहिले भने उनी पार्टीको केन्द्रीय नेतृत्वमै रहेर आफ्नो राजनीतिक भूमिका विस्तार गर्ने तयारीमा छन्।

गौतमले राजनीतिसँगै उद्यमशीलतालाई पनि आफ्नो यात्राको महत्वपूर्ण आधार बनाएका छन्। उनको बुझाइमा विदेशमा हासिल गरेको व्यावसायिक अनुभव, सीप र दक्षतालाई नेपालको राजनीतिक तथा सामाजिक क्षेत्रमा उपयोग गर्न सकिन्छ। यही सोचका साथ उनी कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र व्यावसायिक अनुभवसँग जोड्ने पक्षमा देखिन्छन्।

यसपटक कांग्रेसको १५औँ महाधिवेशनमा गौतम जनसम्पर्क समिति क्लस्टरबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन्। विदेशमा रहेका कांग्रेस कार्यकर्ता तथा नेपाली समुदायसँगको लामो सम्बन्धलाई उनले आफ्नो राजनीतिक आधारका रूपमा लिएका छन्।

उनको उम्मेदवारीको मुख्य सन्देशमा युवाको सहभागिता, विदेशमा आर्जित सीपको सदुपयोग र राजनीतिलाई सेवाको माध्यम बनाउने सोच जोडिएको छ। व्यक्तिगत तथा पारिवारिक जीविकोपार्जनका लागि राजनीतिमा निर्भर हुनुभन्दा आफ्नै पेशा–व्यवसायबाट आर्थिक रूपमा सक्षम भएर सार्वजनिक जीवनमा योगदान गर्नुपर्ने धारणा उनले अघि सार्दै आएका छन्।

प्रकाशित: २०८३ असोज १८ गते आईतबार १०:०७
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले अमेरिकामा, अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेट गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन्। उनलाई वासिङ्टन डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत...

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने शंकर तिवारीको घोषणा

काठमाडौँ: नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई सशक्त बनाउन...

पुँजीवादी पक्षले पनि एमालेको आर्थिक नीतिबारे आलोचना गर्न सक्दैन: अध्यक्ष ओली

काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढे अहिलेको धक्काबाट माथि उठ्न सकिने बताएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई...

सेना, प्रहरी र सशस्त्रलाई पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास आर्थिक...

प्रधानमन्त्रीको सचिवालयमा ३ जनालाई मन्त्रीसरह सुविधा, यी हुन् अन्य २२ सल्लाहकार

काठमाडौँ:  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको सचिवालय सदस्य तथा सहयोगीहरुको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा तीन जनाले मन्त्रीसरह...
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...
beema_pradhikaran
बीमा

रसुवा बाढीमा भएको क्षतिमा झण्डै २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ? 

काठमाडौँः गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना