काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको सचिवालय सदस्य तथा सहयोगीहरुको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा तीन जनाले मन्त्रीसरह सुविधा पाउने गरी सल्लाहकार राखिएका छन्।
सचिवालयमा मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार र स्वास्थ्य सल्लाहकारलाई मन्त्रीसरहको श्रेणी तोकिएको छ।
कुमार ब्यञ्जनकार अवैतनिक मुख्य सल्लाहकार, असिम शाह राजनीतिक सल्लाहकार र प्राडा जगदिश प्रसाद अग्रवाल अवैतनिक स्वास्थ्य सल्लाहकारका रूपमा छन्। उनीहरू तीनै जनाको श्रेणी मन्त्रीसरह तोकिएको छ।
त्यस्तै, सुदिप ढकाल र विवेक मिश्रलाई राज्यमन्त्रीसरहको श्रेणी दिइएको छ। ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार तथा मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार हुन्।
यी हुन् सचिवालयका अन्य २२ जना
- सुवाष शर्मा — प्रमुख स्वकीय सचिव
- नविन भण्डारी — स्वकीय सचिव
- सन्जिव पाण्डे — स्वकीय सहसचिव
- दिपा दाहाल — प्रेस तथा अनुसन्धान विज्ञ
- सन्तोष गिरी — कार्यक्रम तथा भ्रमण संयोजक
- विश्व राई — विज्ञ (सामाजिक विकास)
- प्रकृति ढकाल — स्वकीय उपसचिव
- विशाल अधिकारी — स्वकीय उपसचिव
- सुमन गौतम — सहायक विज्ञ (नागरिक उड्डयन)
- रवि किरण अधिकारी — सहायक विज्ञ (भाषा तथा मस्यौदा)
- विनय शाक्य — स्वकीय उपसचिव
- सुरेन्द्र बजगाई — स्वकीय शाखा अधिकृत (प्रेस सहजकर्ता)
- रोशन तामाङ्ग — स्वकीय शाखा अधिकृत (ग्राफिक्स डिजाइन)
- बेदानन्द जोशी — स्वकीय शाखा अधिकृत
- हेम नारायणदास चौधरी — अनुसन्धान अधिकृत
- अनुप थापा मगर — प्रशासन सहायक
- ऋषी थापा — प्रशासन सहायक
- अमृत पाण्डे — कम्प्युटर सहायक (भिडियो ग्राफर)
- राज कुमार गौतम — प्रशासन सहायक
- बेनिस कार्की — प्रशासन सहायक
प्रकाशित: २०८३ असोज १६ गते शुक्रबार ११:४८