काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार पनि घटेर बन्द भएको नेप्सेले यस दिन पनि गिरावटलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा सोमबार ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा ९० लाख ३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन कुल ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ। यस्तै, कारोबारमा आएको त्रिशूली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.८४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको सोमबार २२ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


