२०८३ असोज २१ गते बुधबार

मुखैमा आयो दशैँ, बाढीपहिरोले अवरुद्ध सडक कहिले सञ्चालनमा आउँछन्?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
sadak-parbat_lbq39TbGWj
फाइल तस्बिर

काठमाडौँ: हालैकाे बाढीपहिरोले मुख्य राजमार्गसहित विभिन्न सडकहरू अवरुद्ध छन्।

चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दशैँअघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले प्राकृतिक विपद्ले क्षति पुर्याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिए।

‘भोटेकोशी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका सडक मर्मतको काम पनि अघि बढाइएको छ’, प्रवक्ता न्यौपानेले भने, ‘आगामी ४/५ दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गरिने र मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुँदैछ। यात्रामा केही असजिलो भए पनि सडककै कारण उपत्यकाबाट घर जान नपाउने वा खाद्यान्न तथा अत्यावश्यक ढुवानी रोकिने अवस्था रहने छैन।’

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ १० गतेको भोटेकोशी बाढीका कारण बागमती प्रदेशको रसुवा जिल्लाका सबै मुख्य राजमार्ग अवरुद्ध छन्। त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्ड असोज १० गतेको पहिरोले पूर्ण रूपमा बन्द छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदिकाली गाउँपालिका–३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोर असोज १४ गतेदेखि प्रभावित भएकोमा हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। यद्यपि सो सडकमा ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने प्रहरीले जनाएको छ।

यसैगरी, मनाङ जिल्लामा असोज १८ गते आएको बाढीका कारण प्रभावित बनेको बेँसीसहर–खाङ्सार सडक खण्ड पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। बाँकी अवरुद्ध सडकहरू पनि चाँडोभन्दा चाँडो पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक समन्वय र कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २०८३ असोज २१ गते बुधबार ०१:४०
प्रतिक्रिया

थप समाचार

हुम्लाको मिमीमा ७० मेगावाट अर्धजलाशय आयोजना बनाउँदै स्टिभा हाइड्रो

मिमीबान खोलामा १९ मिटर अग्लो बाँध निर्माणको प्रस्ताव गरिएको छ। आयोजनाको जलाशयमा २ घण्टासम्म पानी जम्मा हुने गरी डिजाइन तयार पारिएको विकासकर्ता कम्पनी स्टिभा हाइड्रोले जनाएको छ।

ऊर्जामा आधारित अर्थतन्त्र बनाउन निजी क्षेत्रलाई नयाँ लगानीको ढोका खोल्दै सरकार

खुला पहुँच प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भएमा विद्युत् उत्पादक, व्यापारिक कम्पनी र ठूला औद्योगिक उपभोक्ताबीच प्रत्यक्ष विद्युत् कारोबारको वातावरण बन्न सक्छ।

मातातीर्थ–चोभार लाइन शुक्रबारदेखि चार्ज, उपत्यकाको बिजुली आपूर्ति थप सहज हुने

काठमाडौं। काठमाडौं उपत्यकाको बिजुली आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार...

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली विस्तार गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित रूपमा विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना