२०८३ असोज २८ गते बुधबार

होटल क्षेत्रमा आक्रामक लगानी विस्तार गर्दै बस्नेत, १.६६ अर्बमा इटहरीमा लक्जरी रिसोर्ट बनाउँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
desh bandhu

काठमाडौँ: पर्यटन व्यवसायी देशबन्धु बस्नेतले आक्रामण रूपमा लगानी विस्तार गरिरहेका छन्। राजधानीको सुकेधारामा पाँचतारे मर्क्युर होटल सञ्चालन गरेका बस्नेतले इटहरीमा ग्रान्ड सेन्ट्रल होटल पनि सञ्चालनमा ल्याइसकेका छन्।

यसैगरि व्यवसायी बस्नेतले इटहरीमा लक्जरी रिसोर्ट निर्माण गरिहेका छन्। उनको यो तेस्रो होटल हो। रिसोर्ट बनाउन १ अर्ब ६६ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

जसअनुसार ७५ प्रतिशत ऋण र २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरि लगानी संरचना बनाइएको छ। कुल ४२ करोड २० लाख रूपैयाँ स्वपुँजी (इक्विटी) छ भने १ अर्ब २४ करोड रूपैयाँ ऋण लगानी हुने भएको छ।

होटल परियोजनाको हालसम्म १६ प्रतिशत वित्तीय प्रगति भएको एबी हस्पिटालिटी प्रालिले जनाएको छ। सन् २०२८ को अन्तिममा सक्ने लक्ष्य रहेको एबी हस्पिटालिटीले जनाएको छ।

कुल लगातमध्ये २६ करोड रूपैयाँ खर्च भइसकेको छ। जग्गा प्राप्तिको काम ९८ प्रतिशत सकिएको छ। यस्तै होटलको सिभिल निर्माणको काम सुरु हुन बाँकी रहेको छ।

रिसोर्टमा ३० वटा विलासी कोठा र भिल्लाका साथै ३ हजार जना क्षमता भएको सम्मेलन हल तथ भोज हल (कन्भेन्सन एण्ड ब्यान्क्वेट हल)का साथै रेस्टुरेन्ट तथा बारहरू, स्पा तथा वेलनेस सुविधाहरू, स्वीमिङ पूल, आकर्षक बगैँचा तथा बाहिरी कार्यक्रम स्थल समावेश हुने भएको छ।

होेटलले उच्चस्तरीय नेपाली तथा भारतीय ग्राहक, कर्पोरेट तथा सरकारी कार्यक्रम, वैवाहिक गन्तव्य (डेस्टिनेसन वेडिङ), सम्मेलन तथा अन्य ठूला भेलाहरूलाई लक्षित गरेको छ।

होटलको बहुमत स्वामित्व बस्नेतसँग रहेको छ। उनको ७४ प्रतिशत बढी छ। एबी इन्भेस्टमेन्ट होल्डिङ प्राइभेट लिमिटेडसँग २५.५३ प्रतिशत हिस्सा रहेको छ। कम्पनीको कुल चुक्तापुँजी १५ करोड ७० लाख रूपैयाँ छ।

निर्माणको तयारीमा रहेको रिसोर्ट पूर्वी नेपालमा व्यवस्थित बैठक, प्रोत्साहन भ्रमण, सम्मेलन र प्रदर्शनी (माइस) पूर्वाधारको सीमिततालाई सम्बोधन गर्नेगरी ठूलो क्षमताको यो प्रस्तावित सम्मेलन केन्द्र विवाह, प्रदर्शनी, सांगीतिक कार्यक्रम तथा अन्य ठूला भेलाहरू आयोजना गर्न उपयुक्त हुने गरी तयार पारिने एबी हस्पिटालिटीले जनाएको छ।

यसका साथै, विलासी तथा सांस्कृतिक सम्पदा झल्किने डिजाइन, आवास, खानपान, वेलनेस र खुला स्थानमा कार्यक्रम गर्न मिल्ने सुविधाहरूको संयोजनले यस क्षेत्रमा मुख्यतया ट्रान्जिट र व्यावसायिक यात्रुहरूलाई सेवा दिने परम्परागत होटलहरूभन्दा पृथक् बनाउने अपेक्षा गरिएको छ।

रिसोर्ट परियोजना इटहरीमा अवस्थित छ। जुन पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गलाई जोड्ने एक प्रमुख केन्द्रबिन्दु हो। यहाँबाट विराटनगर, धरान तथा नेपाल–भारत सीमाका प्रमुख नाकाहरू नजिक पर्दछन्। विराटनगर विमानस्थल तथा बागडोग्रा र पूर्णियाजस्ता भारतीय प्रवेशद्वारहरूसँगको सहज पहुँचले यसका लक्षित स्वदेशी तथा भारतीय ग्राहकहरूसम्म पुग्न मद्दत पुर्याउने छ।

बस्नेत एक स्थापित पर्यटन व्यवसायी तथा युवा उद्यमी हुन्। उनी मुख्यतया पूर्वाधार विकास, पर्यटन र होटल व्यवसायमा ठूलो लगानी गर्ने समूह एबी होल्डिङ्सका अध्यक्ष हुन्।

अन्तर्राष्ट्रिय होटल चेनहरू नेपालमा बहुराष्ट्रिय होटल ब्रान्डहरू भित्र्याउन उनको महत्त्वपूर्ण भूमिका छ। उनले काठमाडौँको सुकेधारामा फ्रान्सेली होटल चेन एकोर समूहसँग मिलेर मर्क्युर काठमाडौँ सञ्चालनमा ल्याएका छन्। इटहरीमा स्थापित रमाडा बाई विन्डह्याम होटलमा उनको सतप्रतिशत स्वामित्व छ।

यस्तै गोर्खामा मनाकामना रिट्रिट रिसोर्ट एन्ड स्पा र इटहरीमा एबी वर्ल्ड जस्ता ठूला हस्पिटालिटी परियोजनाहरू पनि उनको नेतृत्वमा अघि बढिरहेका छन्।

प्रकाशित: २०८३ असोज २३ गते शुक्रबार १२:३१
प्रतिक्रिया

थप समाचार

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

बाजुराको बडीमालिकामा कोदोको बिस्कुट उद्योग खुल्यो, परीक्षण उत्पादन सुरु

बाजुरा। बाजुराको बडीमालिका नगरपालिकामा कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सुरु गरिएको छ। लामो समयको अथक प्रयासपछि नगरपालिकाको अगुवाइमा परीक्षण उत्पादन सुरु गरिएको हो। स्थानीय उत्पादनको...

प्राधिकरणको पीपीए बाहिर रहेर बिजुली उपयोग गर्न चाहने उद्योगलाई बाटो खुलाउदै आयोग

काठमाडौं। उद्योगहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको छ। विद्युत् नियमन आयोगले खुला पहुँचमार्फत...

तीन अर्ब नोक्सानमा रहेको जनकपुर चुरोटको डीडीए सकियो, दाबी पेस गर्न तीन साता समय

तीन साताको समयभित्र कुनै दाबी पर्न नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ। चुरोट कारखाना सरकारले बिक्री गर्ने योजना बनाएको छ।

प्रधानमन्त्री बालेनको स्टाटसलाई गिज्याउने धनगढी–काठमाडौं हवाई भाडादर

सडकमार्गमा लामो यात्रा र सडकको अनिश्चितताका कारण यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भए पनि हवाई टिकटको चर्को मूल्यले उनीहरूलाई थप समस्यामा पारेको छ।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना