२०८३ असोज २८ गते बुधबार

तीन अर्ब नोक्सानमा रहेको जनकपुर चुरोटको डीडीए सकियो, दाबी पेस गर्न तीन साता समय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २६
janakpurcigrette

काठमाडौँ: रुग्ण जनकपुर चुरोट कारखाना लिमिटेडको लगानी व्यवस्थापनको प्रक्रिया अघि बढेको छ। उद्योग पुनर्संचालनका लागि सरकारी लगानी व्यवस्थापन गर्न अर्थ मन्त्रालयबाट खटिएका विज्ञ टोलीमार्फत कारखानाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) सम्पन्न गरिसकेको छ।

कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाहरूको लेनदेन, कारोबार, अदालत वा कुनै निकायबाट भएको फैसला, निर्णय बमोजिम लिनदिन पर्ने हरहिसाब, जग्गा रोक्का, बीमा, कर्मचारी सेवा सुविधालगायत दायित्व सम्बन्धी कुनै दाबी भएमा वा उद्योगलाई तिर्न बुझाउन बाँकी बक्यौता, दायित्व भएमा सम्बन्धित सरोकारवाला व्यक्ति वा संस्थालाई २१ दिनभित्र प्रमाणसहित सम्पर्क गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भनेको छ।

तीन साताको समयभित्र कुनै दाबी पर्न नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ। चुरोट कारखाना सरकारले बिक्री गर्ने योजना बनाएको छ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडलले ल्याएको बजेटमा आएको व्यवस्थाअनुसार मन्त्रालयले जनकपुर चुरोटलगायत सात सार्वजनिक संस्थानको डीडीए अघि बढाएको हो।

त्यसबेलाको केपी ओली नेतृत्वको सरकारले निजीकरण शब्द प्रयोग नगरीकन सार्वजनिक संस्थानका सम्पत्ति व्यवस्थापन निर्णय लिएपछि अर्थ मन्त्रालय अध्ययन अघि बढाएको थियो। उद्योगको सम्पत्ति व्यवस्थापन भने पनि सरकारको भित्री मनसाय निजीकरण नै हो।

वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको यस्तो छ अवस्था [फोटो]

पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालको संयोजक रहेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले व्यवसाय सञ्चालन गर्न नसकेका जनकपुर चुरोट कारखाना चलाउन नसके खारेज गरी तिनीहरूको नाममा रहेको अचल सम्पत्ति सरकारको नाममा ल्याइ सम्पत्ति व्यवस्थापन गर्न सुझाएको थियो।

यी संस्थाहरूको अचल सम्पत्तिहरू अन्य उत्पादनशील प्रयोगमा ल्याउन आयोगले सुझाएको छ।

घाटाका सार्वजनिक संस्थानहरू आवश्यक नभए खारेज गर्ने, सरकारको एकल स्वामित्वमा पब्लिक लिमिटेड कम्पनीको रूपमा रहन सक्ने व्यवस्था गरी पूर्ण सरकारी स्वामित्वको होल्डिङ कम्पनीअन्तर्गत सबै संस्थानलाई ल्याउने सुझाव आयोगले दिएको छ।

निजीकरण शब्द विवादित भएपछि सरकारले संसदबाट पास गरेको निजीकरणसम्बन्धी पहिलो अध्यादेश २०८१ मा निजीकरण भन्ने शब्दको सट्टा सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन भन्ने राखिएको छ। ऐनले प्रतिष्ठानको अवस्था हेरेर, सेयर निष्कासन, मर्जर र सम्पत्तिको मौद्रिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ।

तीन अर्ब नोक्सानमा
बन्द रहेको जनकपुर चुरोट आर्थिक वर्ष ०८१/८२ सम्म कारखाना दुई अर्ब ९० करोड ४२ लाख रुपैयाँ नोक्सानमा छ। उद्योगको खुद सम्पत्ति दुई अर्ब ८० करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ। सरकार र बैंकहरुलाई गरी कारखानाले दुई अर्ब ९४ करोड ६२ लाख रुपैयाँ साँवा र ब्याज भुक्तानी गर्न बाँकी छ।

जनकपुर चुरोट कारखानासहित ७ उद्योग बेच्ने तयारी, ३ को मूल्यांकन र दायित्व अन्तिम चरणमा

तत्कालिन सोभियत संघ सरकारको सहयोगमा वि.सं २०१७ सालदेखि कारखाना निर्माण थालिएको हो। राजा महेन्द्र शाहले २०२१ पुस २९ गते ३३ बिघामा फैलिएको उक्त कारखानाको उद्घाटन गरेका थिए। त्यति बेला उद्योगको कुल चुक्ता पुँजी चार करोड आठ लाख ३७ हजार रुपैयाँ थियो। करिब ३०० कर्मचारी कार्यरत थिए।

०४६ सालमा प्रजातन्त्र आएपछि राजनीतिक हस्तक्षेप बढ्दै गयो। त्यसपछि कारखानाको उधोगति सुरु भयो।

सरकार परिवर्तनसँगै सञ्चालक समितिका अध्यक्ष र महाप्रबन्धक फेरिन थाले। रााजनीतिक दलहरूले आफ्ना–आफ्ना कार्यकर्ता भर्ना गराउन थाले। उद्योगमा आवश्यकताभन्दा बढी कर्मचारी भए। नाफा नभई घाटा हुन थाल्यो। कर्मचारीले समयमा तलब पाएनन। मजदुर संगठनले आन्दोलन गर्न थाले।

उद्योग तथा वाणिज्य, आपूर्तिमन्त्री अनिल झाले ०७० असार २० गते कारखाना पूर्णमा बन्द गर्ने निर्णय गराएका थिए।

३३ बिघामा फैलिएको कारखाना २० बिघा जग्गामा निवास, आठ बिघा क्षेत्रफलमा कारखाना, पाँच बिघामा गोदाम र एउटा कभर्ड हलसमेत छ।

जनकपुर चुरोट र नेपाल मेटल कम्पनी बेच्न सम्पत्तिको मूल्यांकन गर्न परामर्शदाता छनोट

जनकपुर चुरोट कारखानासहित चार उद्योग बेच्ने तयारी, दायित्व मूल्यांकन गर्न परामर्शदाता छनोट हुँदै

प्रकाशित: २०८३ असोज २६ गते सोमबार १०:३४
प्रतिक्रिया

थप समाचार

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

बाजुराको बडीमालिकामा कोदोको बिस्कुट उद्योग खुल्यो, परीक्षण उत्पादन सुरु

बाजुरा। बाजुराको बडीमालिका नगरपालिकामा कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सुरु गरिएको छ। लामो समयको अथक प्रयासपछि नगरपालिकाको अगुवाइमा परीक्षण उत्पादन सुरु गरिएको हो। स्थानीय उत्पादनको...

प्राधिकरणको पीपीए बाहिर रहेर बिजुली उपयोग गर्न चाहने उद्योगलाई बाटो खुलाउदै आयोग

काठमाडौं। उद्योगहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको छ। विद्युत् नियमन आयोगले खुला पहुँचमार्फत...

होटल क्षेत्रमा आक्रामक लगानी विस्तार गर्दै बस्नेत, १.६६ अर्बमा इटहरीमा लक्जरी रिसोर्ट बनाउँदै

होटल परियोजनाको हालसम्म १६ प्रतिशत वित्तीय प्रगति भएको एबी हस्पिटालिटी प्रालिले जनाएको छ। सन् २०२८ को अन्तिममा सक्ने लक्ष्य रहेको एबी हस्पिटालिटीले जनाएको छ।

प्रधानमन्त्री बालेनको स्टाटसलाई गिज्याउने धनगढी–काठमाडौं हवाई भाडादर

सडकमार्गमा लामो यात्रा र सडकको अनिश्चितताका कारण यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भए पनि हवाई टिकटको चर्को मूल्यले उनीहरूलाई थप समस्यामा पारेको छ।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना