२०८३ असोज २८ गते बुधबार

जनकपुर चुरोट कारखानासहित ७ उद्योग बेच्ने तयारी, ३ को मूल्यांकन र दायित्व अन्तिम चरणमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ११
Gorakhkaali tyre factory_NPL_PCT (8)
Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

अर्थले जनकपुर चुरोट कारखाना लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओरिन्ट एन्ड म्याग्नेसाइट, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र गोरखकाली रबर उद्योग लिमिटेडको डीडीए गरिरहेको छ। डीडीएपछि निजीकरण प्रक्रिया अघि बढाउने तयारी छ। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले यस विषयमा के निर्णय गर्छ त्यसमा उद्योगको भविष्य निर्धारण हुनेछ। किनभने रास्वपाबाट प्रधानमन्त्री बन्दै गरेका वरिष्ठ नेता बालेन्द्र शाहले चुनावी अभियानका क्रममा सरकारी उद्योग सञ्चालन हुनुपर्ने अभिप्रायको अभिव्यक्ति दिएका थिए।

फागुन १५ गते चितवनमा भएको चुनावी आमसभामा उनले भनेका थिए, ‘हाम्रो देश अहिले हेटौंडा सिमेन्ट कारखाना जस्तै भएको छ। त्यहाँ मेसिन पनि छ, मेनपावर पनि छ, खानी पनि छ तर बन्द छ। अब चल्नुपर्‍यो। नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै अब त्यो पनि चल्नुपर्‍यो। पूरै देशभरि चल्नुपर्‍यो, सयवटा भन्दा बढी देशमा जानुपर्‍यो।’ उद्योग कारखानालाई चलायमान बनाएर रोजगारी सिर्जना गर्दै रास्वपा अघि बढ्ने उनको भनाइ थियो। त्यसैले अब रास्वपाले कस्तो नीति लिन्छ त्यसअनुसार यो प्रक्रिया अघि बढ्ने वा रोक्ने भन्ने टुंगो लाग्नेछ।

यद्यपि, अहिले सात उद्योगमध्ये तीनको डीडीए अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका उपसचिव डा. मुक्ति सुवेदीले बताए। बाँकीको डीडीए भइरहेको उनले सुनाए।

एसियाली विकास बैंक (एडीबी)को प्राविधिक सहयोगमा तीन उद्योगको सम्पत्ति डीडीए भइरहेको छ। परामर्शदाता कम्पनीले उद्योगहरूको मूल्यांकन प्रतिवेदन बुझाएपछि सरकारी लगानी व्यवस्थापन समितिले निर्णय गर्नेछ। सम्पत्ति र दायित्वको यथार्थ अवस्था देखाएपछि प्रक्रिया अघि बढ्ने मन्त्रालयको भनाइ छ।

जनकपुर चुरोट कारखानासहित चार उद्योग बेच्ने तयारी, दायित्व मूल्यांकन गर्न परामर्शदाता छनोट हुँदै

चालू आर्थिक वर्षको बजेटमा सात उद्योगको अवस्था र व्यावसायिक सम्भाव्यता अध्ययन गरी लगानी व्यवस्थापन गरिने उल्लेख छ। बजेटअनुसार मन्त्रालयले पहिलो चरणमा सात उद्योगको डीडीए सुरु भएको हो।

निजीकरण शब्द प्रयोग नगरी सरकारले सात सार्वजनिक संस्थानको सम्पत्ति ‘व्यवस्थापन’ गर्ने निर्णय गरे पनि वास्तविक मनसाय निजीकरण नै भएको प्रष्ट देखिन्छ।

प्रतिनिधिसभाबाट निजीकरण (पहिलो संशोधन)स्वीकृत पारित भएपछि सरकारले बन्द भएका संस्थानको सम्पत्ति व्यवस्थापन प्रक्रिया अघि बढाएको हो। अध्यादेशमा पार्दै संसदबाट अनुमोदन भइसकेको छ। ऐनले प्रतिष्ठानको अवस्था हेरेर सेयर निष्कासन, मर्जर र सम्पत्तिको मौद्रीकरण गर्न सक्ने व्यवस्था गरेको छ।

जनकपुर चुरोटको तीन अर्ब घाटामा
२०२१ सालमा स्थापित जनकपुर चुरोट कारखाना १४ वर्षदेखि बन्द छ। आर्थिक वर्ष ०७९/०८० सम्म कारखाना दुई अर्ब ९२ करोड ९० लाख रुपैयाँ नोक्सानमा छ। उद्योगको खुद सम्पत्ति दुई अर्ब ८१ करोड ३९ लाख रुपैयाँ ऋणात्मक छ।

अर्थका अनुसार, सरकार र बैंकहरूलाई गरी कारखानाले दुई अर्ब ९४ करोड ६२ लाख रुपैयाँ साँवा र ब्याज भुक्तानी गर्न बाँकी छ।
ओरियन्ट म्याग्नेसाइट पाँच अर्ब बढी नोक्सानमा

गोरखकाली रबर उद्योगलाई निजीकरण गर्ने तयारी, सम्पत्ति दायित्त्व मूल्यांकन गर्न सुरु

नेपालमा म्याग्नेसाइट उत्पादन तथा बिक्री वितरण गर्न २०३५ सालमा नेपाल ओरियन्ट म्याग्नेसाइट स्थापना भएको हो। आर्थिक वर्ष २०७९–०८० सम्म आइपुग्दा उद्योगको सञ्चित नोक्सान बढेर पाँच अर्ब तीन करोड ७६ लाख रुपैयाँ पुगेको छ।

उद्योगको खुद सम्पत्ति चार अर्ब ५८ करोड ७६ लाख रुपैयाँ ऋणात्मक रहेको अर्थ मन्त्रालयले जनाएको छ। उद्योगले सरकारलाई बुझाउनुपर्ने ऋणको साँवा र ब्याज गरी दुई अर्ब ४० करोड ४७ लाख रुपैयाँ पुगेको छ।

सधैँ चुनावी नारा बन्ने गोरखकाली रबर उद्योगको अवस्था (फोटोफिचर)

जसअनुसार साँवा रकम ८१ करोड ९५ लाख र ब्याज रकम एक अर्ब ५८ करोड ५२ लाख रुपैयाँ छ। आर्थिक वर्ष २०६४–०६५ सम्म मात्र लेखापरीक्षण भएको छ।

गणेश हिमालमा रहेको जस्ता तथा फलाम खानी उत्खनन् गर्न २०३३ सालमा स्थापना भएको नेपाल मेटल कम्पनी नोक्सानमा छैन। कम्पनीको खुद सम्पत्ति १७ करोड ८३ लाख रुपैयाँ छ। सरकारको ऋण ९२ करोड रुपैयाँ छ।

बुटबल धागोको पनि दुई अर्ब माथि नोक्सानी
स्वदेशमा धागो उत्पादन गर्ने गरी २०३९ सालमा स्थापना भएको बुटबल धागो कारखाना २०६६ असोजदेखि बन्द छ। उद्योगको सञ्चित नोक्सान दुई अर्ब रुपैयाँमाथि पुगेको छ।

यस्तै खुदसम्पत्ति एक अर्ब ६२ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। यसैगरी बैंकलाई साँवा र ब्याज गरी एक अर्ब ४५ करोड ७९ लाख रुपैयाँ बुझाउन बाँकी छ। सरकारलाई तिर्न साँवा रकम एक अर्ब रुपैयाँभन्दा माथि छ।

गोरखकाली साढे चार अर्ब नोक्सानमा
२०४१ सालमा नेपालमा गाडीको टायर उत्पादन गर्न स्थापना भएको गोरखकाली रबरको सञ्चित नोक्सान मात्रै चार अर्ब ४० करोड ५२ लाख रुपैयाँ छ। एक समय चर्चामा रहेको उद्योग २०७२ देखि पूर्णरुपमा बन्द छ।

उद्योगले गत वर्षसम्म सरकारलाई बुझाउनुपर्ने ऋणको साँवा रकम मात्रै एक अर्ब ८१ करोड ७९ लाख रुपैयाँ छ। यस्तै सरकारलाई बुझाउनुपर्ने ऋणको ब्याज मात्रै एक अर्ब ३३ करोड २१ लाख रुपैयाँ छ।

यसैगरी बैंक तथा वित्तीय संस्थालाई बुझाउनु पर्ने ऋणको साँवा १८ करोड ३६ लाख रुपैयाँ छ भने ब्याज ७८ करोड ८३ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ। उद्योगले आयकर, रोयल्टी र मूल्य अभिवृद्धि कर (भ्याट) समेत गरी कूल नौ अर्ब १९ करोड रुपैयाँ दायित्व छ।

हेटौंडा र उदयपुर सिमेन्टको नोक्सान सात अर्ब
गएको जेठमा अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानको वार्षिक स्थिति समीक्षामा हेटौँडा र उदयपुर सिमेन्ट उद्योगको सञ्चित नोक्सान बढेर ६ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

हेटौँडा सिमेन्टको नोक्सान एक अर्ब १५ करोड ६० लाख र उदयपुर सिमेन्टको पाँच अर्ब ७८ करोड ८३ लाख रुपैयाँ रहेको अर्थले जनाएको छ । यो आर्थिक वर्ष ०७८/०७९ सम्मको वित्तीय विवरण हो।

समीक्षाअनुसार, आर्थिक वर्ष २०७४/०७५ पछि हेटौँडा सिमेन्ट उद्योग निरन्तर घाटामा छ। उद्योग पटक–पटक बन्द र सञ्चालन हुँदै आएको छ । पुराना उपकरणका कारण उद्योगबाट उत्पादन सम्भव भएको छैन।

हाल उद्योगको सञ्चित नोक्सान बढेर एक अर्ब १५ करोड ६० लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७९/०८० मा मात्र उद्योग २५ करोड ४८ लाख रुपैयाँ नोक्सानमा छ। सरकारलाई १२ करोड रुपैयाँ साँवा र एक करोड ९० लाख रुपैयाँ ब्याज तिर्न बाँकी छ। उद्योगको चुक्ता पुँजी ९० करोड रुपैयाँ छ।

कम्पनी ऐनअन्तर्गत ०३३ असोज १३ मा स्थापित हेटौँडा सिमेन्ट उद्योगबाट ०४२ सालदेखि व्यावसायिक उत्पादन थालिएको थियो। यो उद्योगको वार्षिक सिमेन्ट उत्पादन क्षमता दुई लाख २५ हजार टन छ।

उदयपुर सिमेन्ट ०४४ सालमा स्थापना भएको हो। उद्योगको चुक्ता पुँजी तीन अर्ब ६४ करोड रुपैयाँ छ। अर्थ मन्त्रालयका अनुसार, आर्थिक वर्ष ०७८०७९ मा मात्र यो उद्योग ३६ करोड नोक्सानमा छ। उदयपुरको सञ्चित नोक्सान पाँच अर्ब ७८ करोड ८३ लाख रुपैयाँ छ। यो आर्थिक वर्ष ०७८०७९ सम्मको वित्तीय विवरण हो।

यो उद्योगको खुद सम्पत्ति तीन अर्ब ८६ करोड ५७ लाख रुपैयाँ छ। उदयपुरले सरकारलाई बुझाउनुपर्ने ऋण र साँवा दायित्व एक अर्ब ७२ करोड ५० लाख रुपैयाँ छ। उद्योगले आयकर, भ्याट, अन्तःशुल्क र रोयल्टी गरी १४ करोड ९५ लाख रुपैयाँ बुझाउन बाँकी छ।

सरकारले वित्तीय बोझमुक्त हुन आठौँ आवधिक योजना ९२०४९/०५४० देखि नेपालमा निजीकरणको थालनी गरेको हो। हालसम्म ३० सार्वजनिक संस्थान निजीकरण गरिएको अर्थले जनाएको छ।

सरकारले ०४९ सालमा आर्थिक उदारीकरणको नीति लिएपछि ०५० मा सरकारी संस्थानको स्वामित्व हस्तान्तरण गर्न निजीकरण ऐन ल्याएको थियो। मन्त्रालयले गरेका केही संस्थानको निजीकरण विवादमा परेका छन्।

प्रकाशित: २०८२ चैत ११ गते बुधबार ०२:५०
प्रतिक्रिया

थप समाचार

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

बाजुराको बडीमालिकामा कोदोको बिस्कुट उद्योग खुल्यो, परीक्षण उत्पादन सुरु

बाजुरा। बाजुराको बडीमालिका नगरपालिकामा कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सुरु गरिएको छ। लामो समयको अथक प्रयासपछि नगरपालिकाको अगुवाइमा परीक्षण उत्पादन सुरु गरिएको हो। स्थानीय उत्पादनको...

प्राधिकरणको पीपीए बाहिर रहेर बिजुली उपयोग गर्न चाहने उद्योगलाई बाटो खुलाउदै आयोग

काठमाडौं। उद्योगहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको छ। विद्युत् नियमन आयोगले खुला पहुँचमार्फत...

तीन अर्ब नोक्सानमा रहेको जनकपुर चुरोटको डीडीए सकियो, दाबी पेस गर्न तीन साता समय

तीन साताको समयभित्र कुनै दाबी पर्न नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ। चुरोट कारखाना सरकारले बिक्री गर्ने योजना बनाएको छ।

होटल क्षेत्रमा आक्रामक लगानी विस्तार गर्दै बस्नेत, १.६६ अर्बमा इटहरीमा लक्जरी रिसोर्ट बनाउँदै

होटल परियोजनाको हालसम्म १६ प्रतिशत वित्तीय प्रगति भएको एबी हस्पिटालिटी प्रालिले जनाएको छ। सन् २०२८ को अन्तिममा सक्ने लक्ष्य रहेको एबी हस्पिटालिटीले जनाएको छ।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना