२०८३ असोज २९ गते बिहिबार

गोरखकाली रबर उद्योगलाई निजीकरण गर्ने तयारी, सम्पत्ति दायित्त्व मूल्यांकन गर्न सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३१
gorakhkali

काठमाडौँ: करिब १० अर्ब रुपैयाँ बराबरको राज्यको पुँजी रहेको र सयौँ रोपनी क्षेत्रफलमा फैलिएको सरकारी स्वामित्वको गोरखकाली रबर उद्योग लिमिटेड एक दशकभन्दा लामो समयदेखि बन्द अवस्थामा छ। गोरखा नगरपालिका-१३ मझुवामा रुग्ण अवस्थामा रहेको उक्त कम्पनीको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) सुरु भएको छ। एसियाली विकास बैंक(एडीबी) सहयोगमा गोरखकाली रबरको डीडीए सुरु भएको हो। लिनुपर्ने दाबी २१ दिनभित्र पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।

मन्त्रिपरिषद्को गत वैशाख १५ गतेको निर्णयानुसार विभिन्न प्रतिष्ठानहरूमा गरेको सरकारी लगानीलाई सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन ऐन, २०५० बमोजिम व्यवस्थापन गर्ने प्रयोजनार्थ अर्थ मन्त्रालयबाट खटिएका विज्ञ टोलीमार्फत गोरखकाली रबर उद्योगको डीडीए काम भइरहेको जनाएको छ। कारोबार गरेका ग्राहकहरूको कुनै दाबी भए सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रमाणसहित दाबी पेस गर्न उद्योगले भनेको छ।

२१ दिनभित्र दाबी नपरे प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने र तत्पश्चातको कुनै पनि दाबीलाई स्वीकार नगरिने जानकारी उद्योगले दिएको छ। २०४१ सालमा नेपालमा गाडीको टायर उत्पादन गर्न स्थापना भएको गोरखकाली रबरको सञ्चित नोक्सान मात्रै चार अर्ब ४० करोड ५२ लाख रुपैयाँ छ। एक समय चर्चामा रहेको उद्योग २०७२ देखि पूर्णरुपमा बन्द छ।

उद्योगले गत वर्षसम्म सरकारलाई बुझाउनुपर्ने ऋणको साँवा रकम मात्रै एक अर्ब ८१ करोड ७९ लाख रुपैयाँ छ। यस्तै सरकारलाई बुझाउनुपर्ने ऋणको ब्याज मात्रै एक अर्ब ३३ करोड २१ लाख रुपैयाँ छ।

यसैगरी बैंक तथा वित्तीय संस्थालाई बुझाउनु पर्ने ऋणको साँवा १८ करोड ३६ लाख रुपैयाँ छ भने ब्याज ७८ करोड ८३ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ। उद्योगले आयकर, रोयल्टी र मूल्य अभिवृद्धि कर (भ्याट) समेत गरी कूल नौ अर्ब १९ करोड रुपैयाँ दायित्व छ।

अर्थले चार सार्वजनिक उद्योगको डीडीए गर्न परामर्शदाताको नियुक्त गरेको छ। जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल ओरिएन्ट म्याग्नेसाइट, बुटवल धागो कारखाना लिमिटेड र नेपाल मेटल कम्पनीको परामर्शदाता नियुक्त गरेर डीडीए सुरु गरिएको हो। डीडीए गरेर अर्थ मन्त्रालयले उद्योगहरूको निजीकरण प्रक्रिया अघि बढाउने भएको छ।

परामर्शदाता कम्पनीले उद्योगहरूको डीडीए प्रतिवेदन बुझाएपछि सरकारी लगानी व्यवस्थापन समितिले निर्णय गर्ने भएको छ। उद्योगको सम्पत्ति र दायित्वको यथार्थ अवस्था मूल्यांकनले देखाउनेछ।

बजेटमा आएको व्यवस्थाअनुसार मन्त्रालयले पहिलो चरणमा सात उद्योगहरूको डीडीए गर्न लागेको हो। ‘निजीकरण’ शब्द प्रयोग नगरी सरकारले सात सार्वजनिक संस्थानका सम्पत्ति ‘व्यवस्थापन’ को निर्णय लिएपछि अर्थले डीडीए प्रक्रिया अघि बढाएको हो। उद्योगको सम्पत्ति व्यवस्थापन भने पनि सरकारको भित्री मनसाय उद्योगको स्वामित्व निजी क्षेत्रलाई दिने नै हो।

प्रतिनिधिसभाबाट निजीकरण पहिलो संशोधन अध्यादेश, २०८१ लाई स्वीकृत गरेपछि सरकारले बन्द भएका संस्थानको सम्पत्ति व्यवस्थापनको प्रक्रिया अघि बढाउन थालेको हो।

पछिल्लो समय निजीकरण शब्द विवादित भएपछि सरकारले संसद्‌बाट पास गरेको निजीकरणसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८१ मा निजीकरण भन्ने शब्दको सट्टा सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन भन्ने राखिएको छ। ऐनले प्रतिष्ठानको अवस्था हेरेर, शेयर निष्कासन, मर्जर र सम्पत्तिको मौद्रिकीकरण गर्न सक्ने व्यवस्था गरेको ।

प्रकाशित: २०८२ असोज ३१ गते शुक्रबार ०५:२७
प्रतिक्रिया

थप समाचार

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रिँदा विदेशी मुद्रा सञ्चिती बढेर पुग्यो साढे २६ अर्ब डलर

रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति बढेको हो। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशत बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

निर्माण व्यवसायीलाई सरकारको ठूलो आर्थिक राहत, विशेष मूल्य समायोजनको सुविधा

काठमाडौँ: अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण निर्माण सामग्री तथा इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिको मारमा परेका निर्माण व्यवसायीलाई सरकारले ठूलो आर्थिक राहत...

करदाता प्रोत्साहन कार्यक्रममा विक्रेतालाई पनि नगद पुरस्कार दिने तयारी

काठमाडौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई पनि नगद पुरस्कार दिने व्यवस्था गर्न निर्देशन दिएका छन्। शुक्रबार...

विद्युत नियमन आयोगको वार्षिक प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता,...

अस्ट्रेलियाद्धारा थप डेढ करोड डलर सहयोगको घोषणा

काठमाडौं। नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन्। मेलबर्नमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना