२०८३ असोज २८ गते बुधबार

बाजुराको बडीमालिकामा कोदोको बिस्कुट उद्योग खुल्यो, परीक्षण उत्पादन सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २७
biscut_udyog

बाजुरा। बाजुराको बडीमालिका नगरपालिकामा कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सुरु गरिएको छ। लामो समयको अथक प्रयासपछि नगरपालिकाको अगुवाइमा परीक्षण उत्पादन सुरु गरिएको हो।

स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय स्रोतसाधनको उपयोग गर्ने उद्देश्यले सुरु गरिएको यस उद्योगले गाउँमै आत्मनिर्भरता र रोजगारीका अवसर सिर्जना गरी नगर निर्माणको अभियानमा इँटा थप्ने विश्वास लिइएको छ।

नगरप्रमुख अमरबहादुर खड्काले लामो प्रयास र प्रयत्नको सार्थक परिणामस्वरुप कोदोको बिस्कुट उद्योग सञ्चालनमा ल्याइएको बताए। पालिकाको पहलमा स्थानीय उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यले कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सफलतापूर्वक सुरु भएको उनले जानकारी दिए।

उनले भने, ‘परम्परागत कोदोलाई आधुनिक र पौष्टिक बिस्कुटमा रूपान्तरण गर्दै यो उद्योगले स्थानीयस्तरमा नयाँ अवसरहरू ल्याउने विश्वास लिएका छौं। ट्रेमा तयार पारिएका कोदोका यी स्वादिष्ट बिस्कुटहरू आत्मनिर्भर नगर निर्माणको दिशामा हाम्रो एक महत्त्वपूर्ण कोसेढुङ्गासमेत हुन्।’

परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोलाई बिस्कुटमा रूपान्तरण गरी बजारसम्म पुर्‍याउने योजनाले स्थानीय किसान, उद्यमी र रोजगारीको खोजीमा रहेका नागरिकका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै रोजगारी सिर्जना गर्ने र बाह्य उत्पादनमाथिको निर्भरता घटाउने विश्वास लिइएको छ। उद्योगको परीक्षण उत्पादनपछि गुणस्तर, बजारको माग र व्यावसायिक सम्भावनालाई ध्यान दिँदै उत्पादनलाई थप व्यवस्थित बनाउन सके कोदोले उचित बजार पाउने देखिएको छ।

यद्यपि, परीक्षण उत्पादनको गुणस्तर, स्वाद, लागत र बजार मागका आधारमा यसको व्यावसायिक उत्पादनको सम्भावना निर्धारण हुनेछ। यसका लागि आवश्यक प्रविधि, गुणस्तर नियन्त्रण र बजारीकरणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

स्थानीय स्रोतसाधनको उपयोग गर्दै कोदोलाई नयाँ खाद्य परिकारका रूपमा बजारसम्म पुर्‍याउने यो प्रयासले बाजुराको कृषि तथा उद्यम विकासमा नयाँ सम्भावनाको ढोका खोल्न सक्नेछ।

प्रकाशित: २०८३ असोज २७ गते मङ्गलबार १०:३१
प्रतिक्रिया

थप समाचार

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

प्राधिकरणको पीपीए बाहिर रहेर बिजुली उपयोग गर्न चाहने उद्योगलाई बाटो खुलाउदै आयोग

काठमाडौं। उद्योगहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको छ। विद्युत् नियमन आयोगले खुला पहुँचमार्फत...

तीन अर्ब नोक्सानमा रहेको जनकपुर चुरोटको डीडीए सकियो, दाबी पेस गर्न तीन साता समय

तीन साताको समयभित्र कुनै दाबी पर्न नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ। चुरोट कारखाना सरकारले बिक्री गर्ने योजना बनाएको छ।

होटल क्षेत्रमा आक्रामक लगानी विस्तार गर्दै बस्नेत, १.६६ अर्बमा इटहरीमा लक्जरी रिसोर्ट बनाउँदै

होटल परियोजनाको हालसम्म १६ प्रतिशत वित्तीय प्रगति भएको एबी हस्पिटालिटी प्रालिले जनाएको छ। सन् २०२८ को अन्तिममा सक्ने लक्ष्य रहेको एबी हस्पिटालिटीले जनाएको छ।

प्रधानमन्त्री बालेनको स्टाटसलाई गिज्याउने धनगढी–काठमाडौं हवाई भाडादर

सडकमार्गमा लामो यात्रा र सडकको अनिश्चितताका कारण यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भए पनि हवाई टिकटको चर्को मूल्यले उनीहरूलाई थप समस्यामा पारेको छ।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना