२०८३ असोज २९ गते बिहिबार

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
national-statistics_office

काठमाडौं। गत आर्थिक वर्षको चौथो त्रैमाश (वैशाखदेखि असारसम्म) मुलुकको आर्थिक वृद्धि ४ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षको चौथो त्रैमाशको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।
समग्रमा अन्तिम त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गिकरण मध्ये सार्वजनिक प्रशासन तथा रक्षा बाहेक अन्य औद्योगिक वर्गिकरणमा वृद्धिदर धनात्मक रहेको अनुमान गरिएको कार्यलयले जनाएको छ।

यद्यपि, आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२०८३ को चौथो त्रैमासिकमा सरकारी खर्चमा भएको कमि र आन्तरिक औद्योगिक उत्पादन तथा कृषि उत्पादनमा भएको सामान्य वृद्धिका कारण यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको देखिन्छ।

समायोजित तथ्यांकका आधारमा त्रैमासिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकको तुलनामा सोही आर्थिक वर्षको चौथो त्रैमासिकमा १.५४ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान छ।

आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका १८ ओटा औद्योगिक वर्गिकरणहरू मध्ये १७ वटाको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको प्रारम्भिक अनुमान छ।

जसमध्ये विद्युत तथा ग्याससम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २४.३६ प्रतिशत रहेको छ। औद्योगिक वर्गिकरणलाई पछ्याउँदै वित्तीय तथा बीमासम्वन्धी क्रियाकलाप, आवास तथा भोजन सेवामा तथा सूचना तथा सञ्चार क्रमशः९.०७, ७.८४ र ७.६६ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर १.३५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।कृषि क्षेत्र र वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ।

त्यसैगरी, अर्थतन्त्रको दोस्रो ठुलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ५.९७ प्रतिशत भएको अनुमान गरिएको छ। व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारणले यस क्षेत्रको वृद्धि हुन गएको देखिन्छ।

अर्कोतर्फ, सार्वजनिक प्रशासन तथा रक्षाको ऋणात्मक वृद्धि ०.१२ प्रतिशत भएको प्रारम्भिक अनुमान गरिएको छ।अन्य औद्योगिक वर्गिकरणहरूको वृद्धि भने सामान्य रहेको प्रारम्भिक अनुमान गरिएको छ।

मुलुकको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा आर्थिक वर्ष २०७८०७९ को चौथो त्रैमासिकमा सबैभन्दा धेरै र २०७९/०८० को दोस्रो त्रैमासिक सबैभन्दा थोरै देखिन्छ भने अन्य वर्षहरूमा सामान्य घटबढ भएको छ।

प्रकाशित: २०८३ असोज २९ गते बिहिबार ११:४२
प्रतिक्रिया

थप समाचार

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रिँदा विदेशी मुद्रा सञ्चिती बढेर पुग्यो साढे २६ अर्ब डलर

रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति बढेको हो। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशत बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

बागमती प्रदेश आर्थिक वृद्धिमा अगाडि, जीडीपीको आकार २४ खर्ब २३

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बागमती प्रदेशको हिस्सा ३६.७१ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ रहेको छ। प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ७६.५३, उद्योगको...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई, के हो उनीहरूको योगदान?

काठमाडौँ: सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल उडफोर्डलाई प्रदान गरिएको छ। अर्थतन्त्रलाई स्थिर राख्ने नीतिको सूक्ष्म आर्थिक आधारसम्बन्धी...

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र संभव हुने...

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय भन्दा बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ। यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना