२०८३ असोज २९ गते बिहिबार

दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
New Project – 2026-10-15T130036.375

काठमाडौँः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करिब २२ हजार क्विन्टल चिनी मौज्दात रहेको र आवश्यकताअनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए ।

उनका अनुसार सरकारले उपलब्ध गराएको चिनी काठमाडौं उपत्यकामा प्रतिकिलो १०९ रुपैयाँ र उपत्यकाबाहिर ११० रुपैयाँमा बिक्री भइरहेको छ । चाडपर्वमा माग बढे पनि उपभोक्तालाई चिनीको अभाव हुन नदिने गरी मौज्दात तथा वितरण व्यवस्थापन गरिएको मिश्रले बताए ।

सरकारले उपलब्ध गराएको २५ हजार क्विन्टल चिनीमध्ये १० हजार क्विन्टल आइसकेको उनले जानकारी दिए । बाँकी १५ हजार क्विन्टल आवश्यकताअनुसार ल्याउने विषयमा तयारी भइरहेको छ । थप चिनी आयात गर्ने विषयमा अध्ययन भइरहेको भए पनि प्रक्रिया अन्तिम चरणमा नपुगेको उनले बताए ।

कम्पनीले मौज्दात रहेको चिनी खुद्रा बिक्रीका साथै डिलर, सहकारी र साझेदार संस्थामार्फत वितरण गरिरहेको छ । नेपालगञ्जमा भारतबाट सरकारीस्तरको समझदारी (जीटूजी) अन्तर्गत ल्याइएको चिनीसमेत मौज्दात राखिएको मिश्रले बताए ।

खाद्य कम्पनीले यस वर्ष साउन २८ गतेदेखि नै सहुलियत पसल सञ्चालनमा ल्याएको छ । यसअघि चाडपर्वलाई लक्षित गरेर सञ्चालन हुँदै आएका यस्ता पसललाई यस वर्षको बजेटअनुसार वर्षभरि सञ्चालन गर्ने लक्ष्य राखिएको मिश्रले बताए ।

हाल देशका ४४ जिल्लाका १९३ स्थानबाट सहुलियत पसल सञ्चालन भइरहेका छन् । सरकारले उपलब्ध गराएको ३ करोड ५० लाख रुपैयाँमध्ये हालसम्म करिब ७७ लाख रुपैयाँ खर्च भइसकेको छ । कम्पनीका अनुसार उपभोक्तालाई खाद्यान्न तथा अन्य वस्तुमा हालसम्म करिब ७६ लाख रुपैयाँ बराबरको छुट दिइएको छ ।

कम्पनीले उपलब्ध गराएको विवरणअनुसार विभिन्न प्रकारका चामलमा करिब १२ हजार क्विन्टल, फोर्टिफाइड चामलमा २ हजार ८१० क्विन्टल, तेलमा ३४२।४४ क्विन्टल, दाल तथा गेडागुडीमा २५३।६८ क्विन्टल र गहुँमा १२६ क्विन्टल बराबरको बिक्रीमा सहुलियत दिइएको छ । चिनीको बजार मूल्य घटेपछि त्यसमा दिइँदै आएको छुट भने बन्द गरिएको मिश्रले बताए ।

फोर्टिफाइड चामलप्रति उपभोक्ताको प्रतिक्रिया सकारात्मक रहेको उनको भनाइ छ । सहुलियत पसलमार्फत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदा बजार मूल्यको चापबाट उपभोक्तालाई राहत पुग्ने कम्पनीको अपेक्षा छ ।

दशैंका लागि खसीबोका तथा च्याङ्ग्रा ल्याउने विषयमा भने कम्पनीले तत्काल निर्णय गरिसकेको छैन । बाढीपहिरो, सडक अवरोध र मौसमको अनिश्चितताका कारण जीवित पशु ढुवानीमा समस्या हुन सक्ने मिश्रले बताए । सडकमा लामो समय रोकिनुपर्दा पशुको तौल घट्ने तथा तापक्रम र ढुवानीको कठिनाइका कारण बाटोमै मर्ने जोखिमसमेत रहने भएकाले तत्काल खरिद तथा ढुवानी प्रक्रिया अघि नबढाइएको उनको भनाइ छ ।

धान खरिदको तयारी

कम्पनीले किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले धान खरिदको तयारी पनि गरिरहेको छ । यसका लागि खरिद विभागले प्रक्रिया अघि बढाइरहेको मिश्रले बताए । कम्पनीको गोदाम क्षमता र स्रोत सीमित भएकाले सबै किसानको धान खरिद गर्न सम्भव नहुने उनको भनाइ छ ।

त्यसैले उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै बजारमा मूल्य स्थिर राख्न सहयोग गर्ने र किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन कम्पनीले कार्यक्रम तयार गरिरहेको छ ।

कम्पनीले सहुलियत पसलको मौज्दात र कारोबारको विवरण सफ्टवेयरमार्फत अद्यावधिक गर्ने गरेको जनाएको छ । यसबाट अनुगमन गर्ने निकायले कारोबार र मौज्दातको अवस्था प्रत्यक्ष हेर्न सक्ने तथा उपभोक्ताले पनि सहुलियत पसलबाट उपलब्ध वस्तुको लाभ लिन सक्ने मिश्रले बताए ।

प्रकाशित: २०८३ असोज २९ गते बिहिबार ०१:००
प्रतिक्रिया

थप समाचार

दुई महिनामा निजी क्षेत्रमा कर्जा ९३ अर्ब ५२ करोड मात्रै, कृषि र घरजग्गामा घट्यो

भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि...

दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै देशभर उत्साह र उमङ्ग छाउने गर्छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको दसैँ नेपाली समाजको मौलिक पहिचानसँग जोडिएको प्रमुख चाड हो। आश्विन...

निर्माताको रोजाईमा किन पर्छ दशैं?

काठमाडौं । नेपाली फिल्म निर्माता र निर्देशकको रोजाईमा दशैं पर्नेगर्छ । लामो बिदा भएकाले पनि यो समयमा प्रायः फिल्मकर्मी आफ्ना फिल्म प्रदर्शन गर्ने तयारी गरिरहेका हुन्छ। केही वर्ष अगाडिसम्म...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद

नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ। प्रहरीका अनुसार भारतबाट...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना