काठमाडौँ: जनआस्था साप्ताहिकका अध्यक्ष पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। एसएसपी सन्तोष खड्काको नेतृत्वमा पुगेको प्रहरी टोलीले श्रेष्ठलाई उनकै निजी निवास नख्खुबाट नियन्त्रणमा लिएको हो।
जनआस्थाले रास्वपा नेता हिमेश पन्तको परिवारले छिमेकीको १० रोपनी जग्गा कब्जा गरेको समाचार लेखेको थियो।
समाचार प्रकाशित भएपछि पन्तले श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा प्रेस काउन्सिल नेपालको प्रक्रियामा नगई साइबर ब्युरोमार्फत श्रेष्ठलाई पक्राउ गरेको हो।
घरमै प्रहरी पुगेपछि श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भरमार गालीगलौज गर्नेहरु फुक्काफाल। समाचार प्रकाशन गरेको अपराधमा मलाई उहाँहरूले घरैमा लिन आउनुभएको छ।’
श्रेष्ठलाई पक्राउ गरेर साइबर ब्युरो लगिएको छ।


