२०८३ कार्तिक १० गते सोमबार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ९
WhatsApp Image 2026-10-25 at 12.42.48

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र टिमसिम स्पोर्ट्स मार्केट्स प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौताअनुसार नियोफिन हायर पर्चेजले आगामी तीन वर्षसम्म एनपीएलअन्तर्गत सञ्चालन हुने टी–२० क्रिकेट प्रतियोगिताको अफिसियल प्लाटिनम क्याप स्पोन्सरका रूपमा साझेदारी गर्नेछ।

साझेदारीअन्तर्गत प्रत्येक सिजनको प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने ब्याटरलाई नगद दुई लाख रुपैयाँ पुरस्कारसहित नियोफिनको लोगो अंकित क्याप प्रदान गरिनेछ।

एनपीएलको तेस्रो संस्करण सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुँदैछ।

सम्झौताबारे प्रतिक्रिया दिँदै नियोफिन हायर पर्चेज प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद तिम्सिनाले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउन एनपीएलसँग साझेदारी गर्न पाउँदा गौरवान्वित भएको बताए। उनले प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने ब्याटरलाई सम्मान गर्ने क्यापले उत्कृष्टता, निरन्तरता र लगनशीलताको प्रतिनिधित्व गर्ने उल्लेख गरे।

उनका अनुसार यस साझेदारीले खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाउनेछ।

क्रिकेट एसोसिएसन अफ नेपाल र टिमसिम स्पोर्ट्स मार्केट्स प्रालिले पनि यस सहकार्यले एनपीएलको स्तरवृद्धि तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

नियोफिन हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त हायर पर्चेज कारोबार गर्ने गैरबैंकिङ वित्तीय संस्था हो। जुन क्यापिटल एन्ड मर्चेन्ट बैंकिङ समूहअन्तर्गत सञ्चालित छ। यसअघि बतास हायर पर्चेजका नामबाट सञ्चालन हुँदै आएको कम्पनीले नयाँ ब्रान्ड पहिचानसहित नियोफिनका रूपमा सेवा विस्तार गरेको हो। कम्पनीले काठमाडौं र पोखरास्थित शाखा कार्यालयमार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २०८३ कार्तिक ९ गते आईतबार ०२:३१
प्रतिक्रिया

थप समाचार

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...

नयाँबानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मेला सुरु

काठमाण्डौँ: 'स्थानीय उत्पादनको प्रवर्द्धन, किसानको सम्मान र मौलिकता संरक्षण' का लागि नयाँबानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मेला सुरु भएको छ। अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस र...
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना