२०८३ कार्तिक ११ गते मङ्गलबार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ११
advance-international-hospital-nepal

काठमाडौँ: भैरहवामा ४ अर्ब २० करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको २०० शय्याको अत्याधुनिक अस्पताल बन्दैछ। ‘एडभान्स इन्टरनेसनल हस्पिटल’ को पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ। अस्पतालले आगामी पुसदेखि सेवा सुरु गर्ने लक्ष्य राखेको छ।

पछिल्ला वर्ष अर्बौं रुपैयाँ लगानीमा बहुविशेषज्ञता अस्पताल खुल्ने क्रम बढ्दो छ। हाल एक दर्जन बढी अर्बौंं रुपैयाँ लगानीका यस्ता ठूला अस्पताल निर्माणका चरणमा रहेका छन् भने केहीले क्षमता विस्तार गरेर मल्टिस्पेसियालिटीमा रूपान्तरण गरिरहेका छन्। राम्रो आम्दानीको संभावना बढेसँगै अस्पतालमा बैंक तथा वित्तीय संस्थाको पनि लगानी बढिरहेको छ।

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले ‘एडभान्स इन्टरनेसनल हस्पिटल’  निर्माण गरिरहेका हुन्।

अस्पतालमा ६९ प्रतिशत ऋणको हिस्सा रहेको छ। बाँकी २९ प्रतिशत संस्थापकहरूको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। अस्पतालले २ अर्ब ९५ करोड रुपैयाँ ऋणबाट जुटाएको छ।

बाँकी संस्थापकहरूको लगानी रहेको छ। अस्पताल परियोजना लक्षित समयसीमाभन्दा १.५ वर्ष पछाडि रहेको छ। निर्माणमा भएको ढिलाइले २२ प्रतिशत लागत बढेको छ। संशोधित परियोजना लागत बढेर ४ अर्ब २० करोड ६० लाख रुपैयाँ पुगेको हो।

यस्तै क्षमता १५० बाट २०० शैयामा वृद्धि हुनुका साथै अन्य आकस्मिक सिभिल संरचनाहरू थपिएकाले लागत पनि बढेको छ। अस्पतालको प्रति बेड लागत २ करोड १० लाख रुपैयाँ छ।

हालसम्म अस्पतालको ७३ प्रतिशत वित्तीय प्रगति भएको एडभान्सले जनाएको छ। पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ। एडभान्सको मुख्य चिकित्सा उपकरणहरूको खरिद प्रक्रिया पनि सम्पन्न भइसकेको छ। अस्पताल आगामी पुससम्म सञ्चालनमा ल्याउने योजना छ।

चिकित्सा, विद्युतीय, प्लम्बिङ र अग्नि नियन्त्रण सम्बन्धी तथा आन्तरिक सजावट (इन्टेरियर डिजाइन) का कार्य ९२ प्रतिशत सम्पन्न भएका छन्। सन् २०२६ को मध्य–जुलाईसम्ममा, आवश्यक कुल पुँजीको करिब ७० प्रतिशत रकम दुई संस्थापकहरूद्वारा जुटाइसकिएको छ।

बाँकी आवश्यक लगानी, साथै लागत वा समय सीमामा हुन सक्ने सम्भावित वृद्धिले गर्दा संस्थापकहरूबाट थप सहयोगको आवश्यकता पर्न सक्छ।

भैरहवा क्षेत्रमा आकार र सुविधाका हिसाबले आफ्नो प्रकारको पहिलो अस्पतालका रूपमा स्थापित हुनुले यस अस्पतालको सेवा माग सम्भावनालाई टेवा पुर्याएको छ। यसका साथै, यसको अनुकूल अवस्थिति, उच्च जनघनत्व र सेवा पहुँचको फराकिलो दायराले मागको सम्भावनालाई अझ सुदृढ बनाएको छ।

भैरहवा क्षेत्रको स्वास्थ्य सेवा उद्योग छरिएको अवस्थामा छ। जहाँ सानादेखि मझौला स्तरका धेरै सेवा प्रदायकहरू सक्रिय छन्।

यसले उक्त क्षेत्रका लागि प्रस्ताव गरिएको प्रिमियम मूल्य निर्धारणमा लक्षित बिरामीहरूको संख्या कायम राख्न, राजधानी बाहिर अवस्थित हुनु र स्वास्थ्य सेवा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका कारण, दक्ष चिकित्सक (विशेष गरी डाक्टर वा परामर्शदाता) लाई भित्र्याउनु र उनीहरूलाई टिकाइराख्नु एक प्रमुख चुनौती बन्न सक्छ। यसबाहेक, यो परियोजनामा महत्त्वपूर्ण नियामक जोखिमहरू पनि छन्।

किनकि अस्पताल सञ्चालनका लागि आवश्यक स्वीकृतिहरू प्रायः परियोजना सम्पन्न भइसकेपछि मात्र प्राप्त हुन्छन्। ती स्वीकृतिहरू सम्बन्धित मन्त्रालयले तोकेबमोजिम पूर्वाधार वा सुविधाहरू पर्याप्त छन वा छैनन् भन्ने कुरामा निर्भर रहन्छन्।

प्रकाशित: २०८३ कार्तिक ११ गते मङ्गलबार ०५:१७
प्रतिक्रिया

थप समाचार

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...

युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक

काठमाडौँ। पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ। अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलजस्ता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना