काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य साझेदारका रूपमा सहकार्य गर्न लागेको हो।
यस सहकार्यको उद्देश्य खेलकुदमार्फत जनस्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ। क्रिकेटजस्तो लोकप्रिय खेलसँग जोडिएर सर्वसाधारणलाई स्वास्थ्यप्रति सचेत बनाउने लक्ष्य सहकार्यले लिएको छ।
कम्पनीका अनुसार खेलकुद र स्वास्थ्यलाई एकसाथ जोड्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने प्रयास गरिनेछ। एनपीएलमार्फत ठूलो संख्यामा दर्शक तथा समर्थकमाझ स्वास्थ्यसम्बन्धी सन्देश पुर्याउन सकिने अपेक्षा गरिएको छ।
स्थापनाको ३०औँ वर्षमा आर्या फार्मास्युटिकल्सले गरेको यस पहलले खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।


