काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ।
जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनायो। मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने। यस्तै शैफ हसनले नटआउट ४० रनको योगदान गरे। यी दुबै ब्याटरबीच ७९ रनको साझेदारी समेत भयो।
काठमाडौँका रिपोन मोन्डलले १ विकेट हात पारे। यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९.३ ओभरमा ११५ रनमा अलआउट भयो।
जसमा भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। जनकपुरका राहुल यादबले ४ विकेट झारे।


