काठमाडौँ– कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क)ले धान रोप्ने कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय धान दिवसको अवसरमा नार्कले कार्यालय परिसर खुमलटारमा धान रोप्ने कार्यक्रम गरेको हो।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाल पनि सहभागी भएका थिए। उनले ट्र्याक्टर चलाएर खेत हिल्याएका थिए भने धानको बीउ हिलोमा गाडेका थिए। उनीसँगै नार्कका कर्मचारीहरू पनि धान रोप्ने कार्यक्रममा सहभागी भए।











