पोखरा- मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्नपूर्ण-२ का नागरिकसँग अन्तर्क्रिया गरेका छन्।शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्ड अन्नपूर्ण पुगेका हुन्।
स्थानीय जनतासँगको अन्तर्क्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राखेका थिए। अन्नपूर्ण गाउँपालिका वडा नं-२ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गरेको प्रशंसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरे।










