२०८३ कार्तिक १५ गते शनिवार

‘चार कूटनीतिज्ञ’ सार्वजनिक

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार १६
4 kutnitgya

काठमाडौं– नेपालको कूटनीतिक इतिहासमा अतुलनीय योगदान दिएका प्रबुद्ध व्यक्तित्वको अनुभव एवं तिनको योगदानबारेको पुस्तक ‘चार कूटनीतिज्ञ’ विमोचन गरिएको छ। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको शुक्रबार परराष्ट्रमन्त्री एनपी साउदले विमोचन गरेका हुन्।

कार्यक्रममा मन्त्री साउदले पुस्तक कूटनीतिक क्षेत्रमा अभिरुचि राख्नेले पढ्नैपर्ने खाले भएको र कूटनीतिक क्षेत्रमा काम गर्नेहरुका लागि सन्दर्भ सामग्री हुने बताए। कूटनीतिक इतिहासमा विशिष्ट योगदान गरेका चार कूटनीतिज्ञ (रामप्रसाद मानन्धर, शोभागजंग थापा, पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंह)को कूटनीतिक जीवन र उनीहरूको योगदानबारे विशेष खोज–अनुसन्धान गरिएको पुस्तक पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले लखेका हुन्।

सार्थकता र सान्दर्भिकताका दृष्टिबाट स्वाभिमानी, देशभक्त र कर्तव्यभावले अभिप्रेरित कूटनीतिज्ञको ऐतिहासिक अन्वेषण पुस्तकमा गरिएको छ। नेपालको कूटनीतिक सेवामा करिब चार दशक बिताएका पूर्वपरराष्ट्र सचिव एवं पूर्वराजदूत डा. भट्टराई कूटनीतिक इतिहास र वर्तमानको खोज अनुसन्धानमा लागिपरेका छन्।

कार्यक्रममा पुस्तकबारे परराष्ट्र सचिव भरतराज पौड्याल, पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव लीलामणि पौड्याल, प्राडा. मीना वैद्य मल्लले समीक्षा गरेका थिए। निमित्त कार्यकारी निर्देशक राजेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक डा. भट्टराईले पुस्तक लेखनका क्रममा भएका अनुभव सुनाएका थिए।

चार वरिष्ठ कूटनीतिज्ञमध्ये रामप्रसाद मानन्धर र मेजर जनरल शोभागजंग थापा सन् १९५१–५९ अवधिको राजनीतिक पृष्ठभूमिका सरकार र नेपालको परराष्ट्र नीतिको आधुनिक परिप्रेक्ष्यमा सांगठनिक रचनात्मक अवधिको सुरुआतको प्रतिनिधित्व गरेको पुस्तकमा उल्लेख छ। अन्य दुई परराष्ट्र सचिव मेजर जनरल पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंह राणाकालमा सेवामा प्रवेश गरे पनि उनीहरु निर्दलीय व्यवस्थाको समय विशेष भूमिका निर्वाह गर्ने कूटनीतिज्ञ थिए।

नेपालको परराष्ट्र सम्बन्धमा यी कूटनीतिज्ञबीच अनेकौँ समानता एवं असमानता देखिन्छन्। चारै कूटनीतिज्ञले राणाकाल र प्रजातन्त्रोत्तर कालको प्रशासनको सेतुका रुपमा नेपालको कूटनीतिलाई प्रतिनिधित्व गर्थे। बेलायतको लन्डनस्थित दूतावासमा रहेको नेपालको पहिलो दूतावासमा चारै जनाले सेवा गरेको अनुभव थियो।

प्रकाशित: २०८० असार १६ गते शनिवार ०९:४५
प्रतिक्रिया

थप समाचार

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना