२०८३ कार्तिक १३ गते बिहिबार

इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री दाहाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
prachanda

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन्।

आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एन्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित नेपालीभाषी प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

‘मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ। जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु,’ बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने।

सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपिलसमेत गरेका थिए।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
आज तपाईंहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। आ आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृभूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु।

तपाईहरु सबै कलाकार भाइबहिनीहरुलाई विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रबर्धनमा लाग्न म विशेष आग्रह गर्दछु। विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गरेको हुन्छ। आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशहरुको विश्वमा अलग्गै र उच्च अस्तित्व रहन्छ। त्यसैले विश्वमा रहेका सबै नागरिकहरूले आफ्नो भाषा र संस्कृतिको माया गरेका हुन्छन्।

हामी नेपाली र हाम्रो नेपालको पनि विश्वमा विशिष्ठ पहिचान रहेको छ। नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता पनि हो। विश्वको एक तिहाइभन्दा बढी जनसंख्याको आस्थाका धरोहर गौतम बुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक हौँ। त्यसैले पनि विश्व मानचित्रमा हाम्रो अलग र उच्च अस्तित्व रहेको छ। म जोड दिएर भन्छु– हामी एक पटकको नेपाली सधैँका नेपाली हौँ। तपाई हामी सबैले हामी जहाँ, जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ भन्ने मेरो आह्वान हो। विश्वमा छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीमा मेरो यो आह्वान छ।

इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी तपाईं कलाकारहरूप्रति नेपाली भाषा र कलाको प्रवर्धनमा लागेको सुनेर म अत्यन्तै खुसी भएको छु। यहाँहरू आफू रहेकै देश हुँदै विभिन्न चरणमा छानिएर काठमाडौँ आई प्रतियोगिताको फाइनलसम्म पुग्न सफल हुनुभएकोमा बधाई दिँदै आगामी दिनमा यहाँहरूको सफलताको कामना गर्दछु। यसरी विश्वका प्रतिभाहरूलाई जम्मा गरेर गायन र नृत्य प्रतियोगिताको आयोजना गरी तपाई कलाकारहरूलाई नेपालसम्म ल्याइ यो भव्य कार्यक्रम सम्पन्न गर्न लागेकामा आयोजक संस्थाप्रति विशेष धन्यवादका साथ बधाइ ज्ञापन गर्दछु।

विश्वका ५२ भन्दा बढी देशमा नेपाली भाइबहिनीहरूका बीचमा प्रतियोगितामा गराएर यसरी यो तहको उपस्थिति गराई नेपाली भाषा र संस्कृतिका लागि यो माहौल सिर्जना गरेकामा आयोजक संस्था इन्ट्रा फाउन्डेसन नेपाललाई विशेष धन्यवाद दिन चाहन्छु। मलाई लाग्छ यस प्रतियोगितामा सहभागीमध्ये कतिपय भाइबहिनीले पहिलो पटक आफ्नो मातृ तथा पितृभूमिमा टेक्न पाएका होलान्। त्यसैले विदेशी भूमिमा रहेर पनि नेपालप्रतिको यस्तो महान कार्य सम्पन्न गरेकामा आयोजक संस्थालाई म आभार व्यक्त गर्दछु।

यहाँहरूले पढ्नुभएकै होला, सुन्नुभएकै होला– मेरो नेतृत्वको वर्तमान सरकार फोहोरको डङ्गुर सफा गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा छ। मैले संकल्प गरेको छु– जस्तोसुकै परिस्थिति आओस्, देश निर्माणको यो महाअभियानमा सरकार दृढतापूर्वक लाग्नेछ, यसमा यहाँहरूजस्ता युवा साथीहरूको बलियो साथ र सहयोग रहनेसमेत मैले विश्वास लिएको छु।

झट्ट हेर्दा लाग्न सक्छ– राजनीतिक दल र नेताहरू सबै यस्तै हुन्। तर, यथार्थ त्यो होइन। मैले पार्टी र नेताहरू यस्तै हुँदैनन्। नेपालमा आज संघीय लोकतान्त्रिक गणतन्त्र जसरी स्थापना भएको छ, यो साना दुखले प्राप्त गरेको व्यवस्था होइन। यो निरंकुश राजतन्त्रको कालकोठरीबाट देशलाई आजको अवस्थासम्म ल्याई पुर्‍याउन लाखौँ नेपालीको संघर्ष र पसिना परेको छ, हजारौँ सहिदले आफ्नो जीवनको बलिदान गरेका छन्, परिवर्तन चाहने लाखौँ युवाहरूले आफ्नो जीवनको उर्जाशील समय गणतन्त्रको आन्दोलनमा खर्चिएका छन्। यो हामी सबैको व्यवस्था हो, हामी सबैको संघर्षबाट प्राप्त भएको व्यवस्था हो। तसर्थ, यसको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी पनि तपाई हाम्रो नै हो।

तेस्रोपटक सरकारको नेतृत्व लिँदै गर्दा मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ। जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु। सरकारले जसरी काम गरिरहेको छ, त्यसले भ्रष्टाचारको अन्त्य र सुशासन चाहने, जनताको जीवनमा परिवर्तन चाहनेहरू सबै उत्साहित छन्। जो देशको पक्षमा छैनन्, जनताको समृद्धि र सुशासनको पक्षमा छैनन्, उनीहरू आतंकित छन्। तसर्थ, मेरो तपाईहरूसँग विशेष अपील छ– देश निर्माण गर्ने सरकारको संकल्पमा बलियो साथ दिनुस्, यो महाअभियानको तपाईहरू पनि सारथि बन्नुस्। सबै मिले देश बनाउन सकिन्छ, हामीले बनाउनैपर्छ।

अन्त्यमा, नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्धन एवं प्रबर्धनका उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरूबीच यसैगरी सांस्कृतिक, भाषिक र नेपाली नेपालीबीचको एकता कायम गर्न सकोस् भनी कामना गर्दछु। गायन र नृत्यका यी दुई प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिएर यसैगरी संसारमा छरिएर रहेका नेपाली जातिहरूलाई एकीकृत गरी नेपालमा ल्याउने र नेपाली कलाको प्रबर्धन गर्ने यस कार्यलाई निरन्तरता दिनुहोला, धन्यवाद।

प्रकाशित: २०८० असार १७ गते आईतबार ११:५७
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना