काठमाडौँ– नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्टो अल्बर्टोले विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेका छन्। उनले प्रारम्भिक टोलीमा रहने ३० खेलाडीको नाम सार्वजनिक गरेका हुन्।
प्रारम्भिक टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, अनिष देउजा, दीप कार्की र अभिषेक बराल छन्। डिफेन्डरमा बिमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई छन्।
मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आभाष लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र कृतिश रत्न रहेको एन्फाले जानकारी दिएको छ।
आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, मल घर्तिमगर, जिलेस्पी जंग कार्की र दिनेश हेन्जन फर्वार्डमा परे। यी खेलाडीलाई बन्द प्रशिक्षणका लागि अगस्ट १ मा बोलाइएको छ।


