२०८३ कार्तिक १३ गते बिहिबार

ललिता निवासले चर्चेको जग्गामा संरचना बनाए भत्काइने, भत्काइ खर्च पनि असुलिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
lalita

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगैको ललिता निवासको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने सूचित गराएको छ।

महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा नयाँ भवन निर्माण गर्नका लागि स्वीकृति नदिने सूचित गराइएको महानगरपालिका मेयरको सचिवालयले जानकारी दिएको छ।

यसका साथै यसअघि नै स्वीकृति पाएर निर्माण भइरहेका भवनले पनि निर्माण सम्पन्नताको प्रमाणपत्र प्रदान नगर्ने महानगरको भनाइ छ। यस्तै उक्त क्षेत्रको कुनै पनि जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य तत्काल रोक्का राख्न सम्बद्ध सरोकारवालाई जानकारी गराइएको सचिवालयले जानकारी दिएको छ।

यदि कसैले ललिता निवासको जग्गामा संरचना निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम भत्काइने पनि महानगरको भनाइ छ। त्यस्ता संरचना भत्काउँदा लागेको खर्चसमेत निर्माण गर्ने पक्षबाट नै सरकारी बाँकी सरह असूल गरिने महानगरको भनाइ छ।

महानगरपालिकाले ललितानिवासले चर्चेको क्षेत्रमा बनेका अस्थायी संरचना सात दिनभित्र हटाउन निर्देशनसमेत दिएको छ। कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो। ‘स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिनेछ। उक्त संरचना हटाइसेकेपछि उक्त स्थानमा तारबार गरी संरक्षण गरिनेछ,’ प्रवक्ता मानन्धरले जानकारी दिए।

अहिले करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेको र ती सबै संरचना हटाउनका लागि निर्देशन दिइएको कामपाको भनाइ छ।  यसअघि आइतबार नै काठमाडौँ महानगरपालिकाले सरकारी जग्गा संरक्षणका लागि तारबार गर्नका लागि नापजाँच गर्न टोली खटाएको थियो।

‘ललिता निवासकको सार्वजनिक जग्गा संरक्षण गर्न महानगर लागिसकेको छ। हामी त्यस दिशामा केन्द्रित भएका छौँ,’ काठमाडौं महानगरपालिका महानगरीय प्रहरी बलका प्रमुख राजु पाण्डेले भनेका छन्, ‘हामीले प्रक्रिया अघि बढाइसक्यौँ। सार्वजनिक जग्गा संरक्षण नगरी महानगर मूकदर्शक भएर बस्दैन। अब काम अघि बढिसक्यो।’

यो प्रकरणमा आइतबार मात्र तीन जना पक्राउ परेका हुन्। सीआईबी तत्कालीन वडा नम्बर ५ का सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की आइतबार पक्राउ परेका हुन्।

यसअघि असार १२ गते ७ जना पक्राउ परेका थिए। तर तीन जनालाई भने अदालतले स्टे अर्डर दिएपछि रिहा गरिएको छ। स्टे अर्डर लिएका कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर मंगलबारै (१२ गते नै) छाडिएको छ।

आइतबार पक्राउ परेकासहित अहिले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र डिल्लीबजार मालपोतका पूर्वकर्मचारी गोपाल कार्की प्रहरी हिरासतमा छन्। गुरुङ, शाह, गतौम र कार्की (गोपाल)लाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सात दिनको म्याद दिएको छ।

थुनामा परेपछि शाह, गुरुङ र गौतमले बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए। सर्वोच्चले बन्दीको रिट लिएर पुगेका तीन जनालाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सरकारका नाममा कारणदेखाउ आदेश जारी गरेको छ।

पछिल्लो अनुसन्धानबाट भाटभटेनीका सञ्चालक गुरुङ र परिवारका नाममा मात्र २९ रोपनी सरकारी जग्गा नामसारी भएको पाइएको सीआईबीको भनाइ छ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा १४३ रोपनी जग्गा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विभिन्न व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो।

यसअघि पनि सीआईबीले लामो अनुसन्धान सकेर २०७८ साल पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भनेर २०७८ पुस २२ गते प्रतिवेदन फिर्ता पठाएको थियो। प्रतिवेदन फिर्ता पठाएपछि अहिले सीआइबीले पुन: अनुसन्धान गरी यसमा संलग्नहरूलाई पक्राउ गर्न थालेको छ।

प्रकाशित: २०८० असार १७ गते आईतबार ०८:२९
प्रतिक्रिया

थप समाचार

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना