काठमाडौँ– काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा फूलका गमला राख्न थालेको छ। सहरी सुन्दरता बढाउन महानगरपालिकाले गत शनिबारदेखि मौसमी फूलका गमला राख्न सुरु गरेको हो।
नगरपालिकाले बिजुलीबजार, प्रदर्शनीमार्ग र शंकरदेव क्षेत्रका सडकमा फूलका गमला राखेको छ। बिजुलीबजार आर्कब्रिजमा राखिएका गमलाहरूको तस्बिर:
















