काठमाडौं – नेपालले क्रिकेट विश्वकप छनोटको प्लेअफमा आज आयरल्यान्डसँग खेल्दैछ। टेस्ट राष्ट्रसमेत रहेको आयरल्यान्डसँग नेपालले टस हारेर पहिले ब्याटिङको अवसर पाएको थियो। खेलको आठ ओभर एक बलमा नेपालले पहिलो विकेट गुमाएको छ। नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो।
नेपालले आज आयरल्यान्डसँग पहिलो पटक एक दिवसीय खेल खेलिरहेको। समग्रमा नेपालले आयरल्यान्डसँग तेस्रो पटक एक दिवसीय खेल्दैछ। यो खेलमा नेपालले पहिलो विकेट गुमाउँदा २७ रन बनाएको थियो। नेपालविरुद्ध आयरल्यान्डका क्रेग योङले विकेट लिए। उनले प्रहार गरेको बललाई लोरक्यान ट्रकरले क्याच गरेका थिए।
पहिले ब्याटिङ गर्ने भएपछि नेपालको ओपनिङमा अर्जुन साउँद र कुशल भुर्तेल आएका थिए। यसअघि नेपालको ओपनिङमा कुशल भुर्तेललाई आसिफ शेखले साथ दिइरहेका थिए। तर अहिले भने नेपालले ओपनिङमा परिवर्तन गरेको हो।
आजको खेलमा ज्ञानेन्द्र मल्लले स्थान पाएका छन् भने आसिफ छैनन्।


