काडमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाइ भाडा घटाएको छ।
नेपाल आयल निगमले हवाई इन्धनको भाडा १४ रुपैयाँले घटाएपछि प्राधिकरणले हवाई भाडा समायोजन गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो। नयाँ भाडादर आजैबाट लागू भएको छ।
१५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धन (आन्तरिक)को मूल्य १३६ रुपैयाँ कायम भएकाले सोही अनुरुप हवाई भाडा समायोजन गरिएको निगमले जनाएको छ। आन्तरिक गन्तव्यहरूमा न्यूनतम रु ६० देखि ७५० सम्म भाडा घटाइएको क्यानले जानकारी दिएको छ।
यसअघि गत चैत २१ गते पनि हवाइ भाडा समायोजन गरी घटाइएको थियो। 





