२०८३ कार्तिक १२ गते बुधबार

८ वर्षमा साढे ३ लाख स्वास्थ्य जनशक्ति आवश्यक

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार १९
doctor

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे तीन लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो।

आयोगका अनुसार सो अवधिभित्र सरकारी र निजी स्वास्थ्य संस्थामा महिला स्वास्थ्य स्वयम्सेविका र कार्यालय सहयोगीसहित तीन लाख ५८ हजार ९३८ स्वास्थ्य जनशक्ति आवश्यक पर्नेछ। आयोगले सो अवधिसम्म चिकित्सक र स्वास्थ्यकर्मी मात्रै दुई लाख ५७ हजार ९१ आवश्यक हुने निष्कर्ष निकालेको छ।

आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले हाल कार्यरत जनशक्ति सेवानिवृत्त हुने र विदेशिने सङ्ख्यालाई समेतका आधारमा जनशक्ति प्रक्षेपण गरिएको जानकारी दिए। ‘सरकारले निर्माण गरिरहेका आधारभूत स्वास्थ्य संस्थालाई समेत आधार मानी स्वास्थ्य जनशक्ति प्रक्षेपण गरिएको छ,’ उनले भने।

उनका अनुसार २०८८ सालसम्म स्वास्थ्य जनशक्तिको सङ्ख्या ३.६ प्रतिशतले प्रक्षेपण गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति एक हजारमा न्यूनतम चार दशमलव ४५ स्वास्थ्य जनशक्ति हुनु राम्रो मानिन्छ।

आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य संस्थामा दुई लाख ३४ हजार तीन सय ६१ जनशक्ति आवश्यक रहेकोमा ५६ हजार ५२ जना कम अर्थात एक लाख ७८ हजार तीन सय नौ मात्रै कार्यरत थिए।

प्रतिवेदनमा आव २०७७/७८ सम्ममा सञ्चालित स्वास्थ्य संस्था, सरकारी, निजी तथा गैरसरकारी अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, क्लिनिक तथा शय्या सङ्ख्या प्रदान गरिने सेवाका लागि आवश्यक जनशक्तिको आकलन गरिएको आयोगको भनाइ छ।

विसं २०८८ सम्म एमबीबीएस १६ हजार सात सय ८४, विशेषज्ञ चिकित्सक कल्यन्ट्यान्ट (स्नातकोत्तर) १५ हजार चार सय ३५, नर्सिङ पेसाविद (स्नातकोत्तर) ४११ आवश्यक हुने आयोगको प्रक्षेपण छ।

नर्सिङ सहायक (स्नातक) तीन हजार तीन सय ५९, नसिङ तथा प्रसूतिसम्बन्धी सहायक (प्रमाणपत्र तह) ८८ हजार २४, परम्परागत तथा वैकल्पिक चिकित्सा (स्नातक तथा स्नातकोत्तर तह) दुई हजार ८३, परम्परागत तथा सहायक चिकित्सक प्राविधिक (प्रमाणपत्र तह) दुई हजार एक सय १८ जनशक्ति आवश्यक पर्नेछ।

सो अवधिसम्म अन्य स्वास्थ्य सम्बद्ध पेसा (स्नातकोत्तर तह) दुई हजार छ सय ८८, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसा (स्नातक तह) २३ हजार एक सय ५०, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसा (प्रमाणपत्र तह) एक लाख चार हजार ३९ हजार उत्पादन हुनुपर्नेछ।

त्यसैगरी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका ५७ हजार ४३ जना र श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ तथा सवारी चालक ४४ हजार आठ सय चारजना स्वास्थ्य जनशक्ति आवश्यक हुने आयोगको भनाइ छ।

आयोगले विसं २०८३ सालमा दुई लाख ४५ हजार चार सय ६३ स्वास्थ्य जनशक्ति र ५४ हजार चार सय ६३ महिला स्वास्थ्य स्वयसेविका र ४२ हजार सात सय ७७ श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ कर्मचारी र सवारी चालक आवश्यक हुने प्रतिवेदनमा उल्लेख गरेको छ।

यसवर्ष चिकित्सकतर्फ स्नातक तहमा सात हजार छ सय ५९, स्नातकोत्तर तहमा एक हजार छ सय ८४ र स्नातकोत्तरभन्दामाथि एक सय नौ जनशक्ति उत्पादन हुने आयोगको भनाइ छ। यस्तै नर्सिङ, जनरल मेडिसिन, डेन्टल साइन्स, आयुर्वेशिक हेल्थ साइन्स, फिजियोथेरापी, फार्मसीलगायत ११ मध्यम तथा आधारभूत तहका विषयमा १२ हजार एक सय दुई स्वास्थ्यकर्मी उत्पादन हुनेछन्।

नेपालमा सरकारले स्थानीय तहमा बनाउन थालेका आधारभूत अस्पतालसहित सात हजार आठ सय ८९ सरकारी र निजी दुई हजार दुई सय ५० गरी १० हजार एक सय ३९ स्वास्थ्य संस्था सञ्चालनमा छन्।

प्रकाशित: २०८० असार १९ गते मङ्गलबार ०२:२३
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना