काठमाडौँ- आइसीसी विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य पस्किएको छ। हरारेको ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोडेको हो।
नेपालका गुल्सन झाले सर्वाधिक ५७ रन जोडे। उनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए।
सन्दीप लामिछानेले ३२ रनऽ ओपनर अर्जुन साउदले ४८ रन बनाएका थिए। ज्ञानेन्द्र मल्ल ७ रन, रोहित पौडेलले २९ रन, भीम सार्कीले २०, कुशल मल्लले ४४ रन जोडे। दिपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन्। करण केसी ४ रनमै आउट भएका थिए।
आयरल्याण्डका लागि ब्यारी म्याकार्थी, क्रेग गोङ्गे, मार्क एडरले समान २/२ विकेट लिएका थिए। ग्रेथ डिलाने, एन्डी म्याकब्राइन, कार्टिस क्याम्फरले १/१ विकेट लिए।


