काठमाडौं – साउदी अरेबियाको अल अहिली फुटबल क्लबले ब्राजिलका फरवार्ड रोबर्टो फर्मिनोलाई अनुबन्ध गरेको छ। इंग्लिस प्रिमियर क्लब लिभरपुलबाट बाहिरिएका फर्मिनोलाई अल अहिलीले अनुबन्ध गरेको हो।
३१ वर्षका फर्मिनोको पछिल्लो सिजनमा लिभरपुलसँगको सम्झौता सकिएसँगै उनी स्वतन्त्र रुपमा कुनै पनि क्लबमा अनुबन्ध हुनका लागि खुल्ला थिए।
फर्मिनोले लिरपुलमा रहँदा ३६२ खेलमा १११ गोल गरेका थिए। लिभरपुलमा अनुबन्ध हुनुअघिसम्म उनी होफिनहामइममा थिए। सन् २०१५ मा उनी लिभरपुलमा अनुबन्ध भएका थिए।
लिभरपुलमा मोहम्मद सलाह र साडियो मानेको फवार्ड लाइनसँग मिलेर उनले च्याम्पियन्स लिग जितेका थिए। उनी लिभरपुलमा उक्त समयमा निकै उत्कृष्ट खेलाडी रहे। उनले लिभरपुलबाट प्रिमियर लिग र एफए कप र लिग कप पनि जिते।
अहिले साउदीमा उनीमात्र होइन धेरै ठूलो खेलाडी अनुबन्ध भएका छन्। उनीसँगै अल हिलालीमा चेल्सीका गोलकिपर एडुवर्ड मेन्डी र फर्मिनो एकै क्लबमा अनुबन्धित भएका छन्।
चेल्सीकै एनगोलो कान्टे र कालिडोए काउलीबेलीले पनि साउदी जानकै लागि चेल्सी छोडेका छन्। अहिले बेलोन डोर विजेता क्रिस्टिनायो रोनाल्डो, करिमा बेञ्जिमासँगै सँगै रुविना नेभेस, मार्सेलो ब्रोजोविचले पनि साउदी रोजेका छन्।


