काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ।
बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा नेपालले यूएई र यमनसँग खेलेको थियो। दुवै खेलमा नेपाल पराजित बनेको थियो।
अद्यावधिक गरिएको वरीयतामा दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ। भारत वरीयताको १०२औँ स्थानमा छ। नयाँ वरीयताअनुसार शीर्ष स्थानमा अर्जेन्टिना रहँदा दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा बेल्जियम र पाँचौँमा ब्राजिल छन्।
