काठमाडौं – उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको र यौन कार्यमा संलग्न गराएको समाचार फैलिएपछि काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्डस् अफ ड्रिंक्स) का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ परेका छन्। यससँगै यो क्लबका दुवै सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
यही मुद्दाका अर्का सञ्चालक राजु सिंह सुवाललाई प्रहरीले हिजो(बिहीबार) नै पक्राउ गरिसकेको थियो ।
उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।


