२०८३ कार्तिक ११ गते मङ्गलबार

चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २२
CHINA-company-pollution

जकार्ता – विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ।

विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको अवधिमा एक सयभन्दा बढी मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप लागेको हो।

अन्तरराष्ट्रिय गैरसरकारी संस्था व्यापार तथा मानव अधिकार संसाधन केन्द्रले बिहीबार जारी गरेको एक प्रतिवेदनअनुसार जनवरी २०२१ र डिसेम्बर २०२२ को बीचमा ती देशमा एक सय भन्दा बढी मानवअधिकार र वातावरणीय दुरुपयोग गरेको पाइएको छ।

तामा, निकेल र कोबाल्टलगायत नवीकरणीय ऊर्जामा उपयोग हुने महत्वपूर्ण खनिजको उत्खनन र प्रशोधनमा प्रभुत्व जमाएका चिनियाँ कम्पनीले इन्डोनेसिया, पेरु र प्रजातान्त्रिक गणतन्त्र कङ्गोजस्ता स्रोतसाधन सम्पन्न देशमा मानवअधिकार र वातावरणीय दुरुपयोग गरेको आरोप प्रतिवेदनमा लगाइएको छ। केन्द्रमा चिनियाँ कम्पनीविरुद्ध एक सय दुई वटा मानवअधिकार उल्लङ्घन र वातावरणीय दुरुपयोगका उजुरी परेका तथा ती मध्ये एक चौथाईभन्दा बढी इन्डोनेसियामा भएका जनाइएको छ।

‘हाम्रो अध्ययनले खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र निकासीका क्रममा मानव अधिकार र वातावरणीय दुरुपयोग भएको देखाएको छ,’ उक्त गैरसरकारी संस्थाका प्रवक्ताले चिनियाँ कम्पनीले इन्डोनेसियामा २७, पेरुमा १६, प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १२, म्यानमारमा ११ र जिम्बाब्वेमा सात वटा उल्लङ्घन घटना अभिलेख गरिएको जनाउँदै भनेका छन्।

इन्डोनेसियामा वातावरणीय क्षति र गरीब कामदारहरूको शोषण गरिएको आरोप छ। बिजुली ब्याट्री उत्पादन गर्ने कम्पनीहरूले प्रदूषण बढाएका तथा कामदारलाई न्यूनतम सुविधा नदिँदा मजदुर र लगानीकर्ताबीच तनाव बढाएको प्रतिवेदनमा उल्लेख छ। उत्खनन कम्पनीका कारण वातावरणीय नोक्सानी बढेको, खानीबाट उत्पन्न हानीकारक तत्वले स्थानीय समुदाय प्रभावित भएका, जल प्रदूषण बढ्नाले वन्यजन्तुमा असर पर्नाका साथै स्वच्छ पानीमा मानिसको पहुँच रोकिएको प्रतिवेदनमा भनिएको छ।

उक्त संस्थाले चिनियाँ व्यवसाय र नियामकलाई मानवअधिकार र वातावरणीय दुरुपयोग हुन नदिन, कामदारलाई आधारभूत सुविधा उपलव्ध गराउन तथा वातावरणीय हानी कम गर्ने उपाय तत्काल अवलम्बन गर्न आह्वान गरेको छ।

प्रकाशित: २०८० असार २२ गते शुक्रबार १२:१५
प्रतिक्रिया

थप समाचार

उपाध्यायको अध्यक्षतामा नेपाली जनप्रगतिशील मञ्च भिक्टोरियाको नयाँ कार्यसमिति चयन

काठमाडौँ- अस्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्च अन्तर्गत भिक्टोरिया राज्य समितिको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले तिलक प्रसाद उपाध्यायको अध्यक्षतामा...

राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपालीलाई समस्या

'टोलीको आशमा बस्दा बाबुको कार्डसमेत नवीकरण गर्न सकिनँ, त्यसैले नयाँ राहदानी बनाउनका लागि अहिले स्पेन आएको छु। यहाँ आएर राहदानीसम्बन्धी सबै काम सकाएँ, दुःख पाए पनि अब राहदानी बन्ने ढुक्क भयो',...

वादीलाई सहयोग गर्न लन्डनबाट आएर एभरेस्ट म्याराथनमा दौडँदैछिन् अञ्जु

लन्डन- बेलायतको लन्डन नर्थहोल्ट निवासी ४९ वर्षीया अञ्जु रेग्मी सिग्देल च्यारिटीका लागि एभरेस्ट म्याराथनमा दौडने भएकी छन्। सुर्खेतस्थित वादी समुदायका बालबालिकाको सहयोगार्थ कोष जम्मा गर्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना