बर्दिया- अहिले बर्दिया राष्ट्रिय निकुञ्ज दिनहुँजसो भरिभराउ हुन्छ। गर्मी हुने भएकाले वन्यजन्तुहरूको चहलपहल छहारी र जलस्रोत नजिक बढी हुने गरेको छ।
निकुञ्जमा बाघ हेर्नेका लागि पुग्नेहरू बढी छन्। सबैको मनमा बाघ चाहिँ देख्नु पाइएला कि नपाइएला भन्ने हन्छ। निकुञ्ज बाघ, एकसिङ्गे गैँडा, जङ्गली हात्ती, चित्तल, मृग, बाह्रसिंगेलागयतका जनावर बढी मात्रामा देखिने गरेका छन्।
भ्रमणमा आउनेहरूको मुख्य चासोमा बाघ हुने गरेको जङ्गल गाइड तथा वन्यजन्तु फोटोग्राफर दीपक राजवंशी बताउँछन्। बर्दियाको नामसँगै आजभोलि बाघ जोडिन थालेको छ। उनका अनुसार बाघ हेर्नकै लागि भनेर पर्यटकले लामो समय निकुञ्जका पोखरी र खोला नजिक कुर्ने गरेका छन्। पर्यटकको प्रतीक्षा ८ घण्टासम्म पनि पुग्ने गरेको छ।
बाघ लजालु जनावर भएकोले झ्याप्प कसैको नजरमा पर्न चाहँदैन। केही साता अगाडि नेपाल फोटो लाइब्रेरीका स्कन्द गौतमको लेन्समा कैद भएको निकुञ्ज सेरोफेरोका तस्बिरहरु













नेपाल फोटो लाइब्रेरी


