काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा नेपाल सरकारका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत आइतबार पक्राउ परेका हुन्।
राउत २०७८ पुस २१ मा सचिव भएका थिए। यस पक्ररणमा आइतबार नै प्रहरीले समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पक्राउ गरेको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।


