२०८३ कार्तिक १३ गते बिहिबार

पहिरोको उच्च जोखिम: रामतोलावासी घर छोड्न बाध्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २५
baglung pahiro bisthapit

ढोरपाटन – गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो। पहिरोले सिङ्गो गाउँनै जोखिममा पर्‍यो। स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए। बर्खा सकिएपछि पहिराको जोखिममा रहेकै घरमा उनीहरु फर्किए।

यस वर्ष पनि बर्खा सुरु भएपछि बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोलाका स्थानीय बासस्थान छोडेर अन्यत्र आश्रय लिन पुगेका छन्। गाउँमाथिको पहाड खसेपछि जोखिममा परेको रामतोला बस्तीमा यस वर्ष वर्षा लागेसँगै पहिरो झर्न थालेको छ।

पहिरो झर्न थालेपछि स्थानीयलाई कसरी ज्यान जोगाउने चिन्ता बढेको स्थानीय कुलराज शर्माले बताए। उनका अनुसार स्थानीय रातभर जागराम बस्ने गरेका छन्।

यहाँका आठ घर उच्च जोखिममा छन् भने अन्य सात घर पनि पहिराको जोखिममा छन्। यसअघिका पहिराले गाउँमा भएका दुई वटा खानेपानीको ट्याङ्कीसमेत बगाउँदा खानेपानीको समस्या थियो। ‘केही समय खानेपानीको व्यवस्थापन भए पनि अहिले फेरि उस्तै जोखिम परेको छ । घर, गोठ र जग्गा जमिन पहिराको उच्च जोखिममा परेपछि गाउँका केही स्थानीय बर्खाभरिका लागि गाउँ छोड्न बाध्य भएका छन्,’ शर्माले भने।

हिउँदको समय घरमै जसोतसो बसे पनि बर्खामा निकै त्रास हुने उनको भनाइ थियो। उनले हिउँदभरी आफ्नै घरमा बसेको सुनाउँदै असार लाग्नासाथ अरुको घरमा बस्न थालेको बताए। अहिले पनि वस्तुभाउ जोखिमपूर्ण अवस्थामा रहेको गोठमा बाँधेको भन्दै आफ्नो परिवार स्थानीय तोयनाथ पौडेलको घरमा बस्दै आएको शर्माले जानकारी दिएका छन्

बर्खा लागेर पहिरो झर्न थालेपछि ज्यान बचाउन स्थानीय ढालनाथ पौडेल चितवन र तुलबहादुर नेपाली जैमिनीको कुश्मिसेरा बस्न थालेको बताउँछन्। पौडेल र नेपालीको अघिल्लो वर्षमा गएको पहिराले घर गोठमा क्षति पुगेको थियो ।

‘पोहोर साल पहिरोले भएभरको बारी बगायो । घर, गोठ र शौचालय पनि उच्च जोखिममा छन्, अहिले अरुको घरमा बसेका छौँ,’ शर्माले भने, ‘उनीहरु आएर घर खाली गर्न भने कहाँ जाने, के गर्ने ?, भएको थोरै बारीमा काम गरेर परिवार चलाएको छु। बारी पनि यस वर्ष बगाउँछ जस्तो छ। गाउँ छोडेर अन्यत्र जाउँ भने जान सक्ने अवस्था छैन, निकै समस्यामा परेका छौँ।’ चार जनाको परिवारसहित अरुको घरमा बस्दा धेरै समस्या भोग्नु परेको उनको भनाइ थियो ।

पहिरोले तहसनहस हुँदा बागलुङ नगरपालिकाले रू २५ हजार र रेडक्रसले एउटा त्रिपाल दिएको भन्दै शर्माले अन्य निकायबाट कुनै पनि सहयोग नपाएको गुनासो पोख्नुभयो । उनका अनुसार गतवर्ष भासिएको ठाउँमा अहिले पनि पहिरो जानुका साथै जमिन भासिरहेको छ।

सोही गाउँका वीरबहादुर क्षेत्रीले पनि आफ्नो पाँच जनाको परिवारसहित आफन्तकोमा आश्रय लिएका छन। गत वर्षको पहिरोले क्षेत्रीको खेतबारी बगाइ दिएको थियो। घर पनि उच्च जोखिममा हुँदा स्थानीय चन्द्रबहादुर केसीको घरमा बस्दै आएको उनले बताए। गतवर्ष बर्खा रोकिएपछि जेठसम्म आफ्नै घरमा बसेको भन्दै असार दोस्रो सातादेखि आफन्तकोमा बस्दै आएको उनले सुनाए।

‘यहाँ यति ठूलो पहिरो जान्छ, यति ठूलो क्षति पुर्‍याउँछ भन्ने सोचेका पनि थिएनौँ, तर एक्कासि पहिरो गयो, धन्नै घरसहित हामीलाई बगाएन, ज्यान बाँच्यो,’ क्षेत्रीले भने, ‘अहिले पनि पोहोरको जस्तै पहिरो गयो भने यो गाउँ रहँदैन । बर्खा सुरु भएसँगै माथिको पहाड झर्न थालेको छ, यो पहाड झर्‍यो भने हाम्रो गाउँसहित यहाँभन्दा तल रहेका धेरै गाउँहरु बगाउँछ।’

प्रकाशित: २०८० असार २५ गते सोमबार ०३:४१
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना