२०८३ कार्तिक १६ गते आईतबार

अनि उर्वर बन्यो सिसुवा भतेरीको बन्जर भूमि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

दमौली, असार २५
sisuwa_bhateri (6)

दमौली- प्रजापति सापकोटा हिजोआज ढुक्कले खेती गर्न सक्छन्। तनहुँको व्यास नगरपालिका-१० दुम्सी निवासी सापकोटालाई केही वर्ष अघिसम्म बालीनाली छाडा चौपायाले नष्ट गरिदेला कि भन्ने चिन्ताले पिरोल्थ्यो। तर अचेल उनको यो चिन्ता घटेको छ।

छाडा चौपायाको व्यवस्थापन गर्न सिसुवा भतेरी क्षेत्रमा गौशाला बनेपछि बालीनालीको रेखदेखमा सहजता मात्र भएको छैन, त्यहाँका खेतीपाती र संरक्षणका क्रियाकलापले पनि राहत दिएको छ।

कुनैबेला मादी नदीको किनार सिसुवा भतेरी क्षेत्र पहिले बालुवैबालुवा र त्यसै फालिएको बन्जर भूमि जस्तो थियो। तर, विस्तारै अहिले यो क्षेत्रको स्वरुप फेरिएको छ। नदी किनारमा तटबन्ध थालिएको छ। बालुवा भएको ठाउँमा घाँस उमारेर हरियाली बनाइँदैछ। गौशाला निर्माण, गिद्ध संरक्षण, माछापालन र खेतीपाती थालिएको छ। जथाभावी छोडिने छाडा तथा वृद्ध चौपाया व्यवस्थापनको कामसँगै सिसुवा भतेरी क्षेत्रमा तटबन्ध निर्माण, माछापालानसहित आयआर्जनका काम अघि बढेको छ।

व्यास-१० का पूर्व वडाअध्यक्ष एंव गौसंरक्षण तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तुलसीराम सापकोटाले सिसुवा भतेरीको स्वरुप नै परिवर्तन लामो समयसम्म यो क्षेत्रका प्रतिनिभिसभा सदस्य बनेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलका कारण सहज भएको बताए।

‘लामो समय यस क्षेत्रकै निर्वाचित सांसद हुनुभएका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको साथ, सहयोग र परिकल्पना अनुरुप यहाँ विकासका काम साकार हुँदै गएका हुन्,’ उनले भने।

छाडा चौपायाले सडक दुर्घटना, बालीनाली नष्ट र मानिसले समेत हेला गर्ने भएपछि यहाँ गौशाला स्थापनासहितको काम २०७५ सालमा अघि बढाइएको हो। नदी किनारको करिब तीन सय रोपनीमा तारवार गरी गौशालासहित गिद्ध संरक्षण, घाँसको व्यवस्थापन, घाँस गोदाम, गाई राख्ने ट्रस्ट, कार्यालय भवनसहितका संरचना बनेको छ।

भूमिको पहुँच नभएका किसानलाई बगर खेती गरेर आयआर्जनमा लगाउने उद्देश्यले २०७५ सालमा कृषि सहकारी संस्था खोलेर यस क्षेत्रको विकास र व्यवस्थापनको काम थालिएको हो। गौशालामा दुई साँढेसहित एक सय ३५ गाई छन्। केही गाई दुधालु छन्।

कांग्रेसका तत्कालीन वरिष्ठ नेता पौडेल यस क्षेत्रको भ्रमणमा आउँदा छाडा गाईबस्तुले बालीनाली नष्ट गर्ने, सडकमा जथाभावी हिँड्दा सवारी दुर्घटना हुने तथा जोकोहीले रक्ताम्य हुने गरी पशुलाई पिट्दै लखेट्न परेको गुनासो यस क्षेत्रका जनताले गरेपछि उनकै सहयोग र परिकल्पना अनुरुप गौ संरक्षण केन्द्र स्थापना गरिएको सापकोटाले सुनाए।

‘उहाँकै परिकल्पना अनरुप यस क्षेत्रमा मादी नदी तटबन्ध, सार्वजनिक जग्गा संरक्षण, झोलुङगेपुल निर्माणलगायतका विकासका काम हुँदै छन्,’ सापकोटाले भने।

अघिल्लो वर्ष प्रदेश सरकारको एक करोड ७३ लाख बजेटबाट मादी नदीमा १० र ५ नम्बर वडा जोड्ने दुईसय ७२ मिटर लामो झोलुङ्गे पुल बनेको छ। मादी नदी अति प्रभावित नगरपालिकाका ३, ५, ७ र १० नम्बर वडाका विभिन्न क्षेत्रमा तटबन्ध बनाउने योजना अन्तर्गत सिसुवा भतेरी क्षेत्रमा तटबन्धको काम भइरहेको छ।

गौशाला क्षेत्रमै थप काम विस्तार भइरहेको छ। पौडेल र कृषि सचिव गोविन्द शर्माले यस क्षेत्रको स्थलगत अवलोकन गरेपछि पूर्वाधार तथा व्यवस्थापनका लागि थप बजेट परेको अध्यक्ष सापकोटाको भनाइ छ। गौसंरक्षण तथा पूर्वाधार व्यवस्थापनका लागि यस वर्ष बजेट परेको छ।

यहाँ दमौली बजारबाट ल्याएको सेफटी टयाङ्कीको फोहोर हालेर घाँस लगाइएको छ। फालिने फलफूल, तकारी तथा अन्य फोहोरको व्यवस्थापन गरेर व्यास नगरपालिका र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको करिव १४ लाख खर्चसहित जनसहभागितामा ग्यास निकालिएको छ। काम विस्तार हुँदै गएपछि यहाँको अवलोकन भ्रमणका लागि सर्वसाधारण समूहमा आउने गरेका छन्।

गाई मरेपछि छाला काढेर गिद्धलाई छोडिदिने गरेपछि यहाँ सात प्रजातिका गिद्ध आउन थालेको र गाईको छालाबाट मादल लगायतका सामाग्री बनाउने गरेको समितिका सचिव भरत केसीले बताए। तर विद्युतको तार र पोलले गिद्धलाई असर गरेपछि यसको संरक्षण गर्न थप काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

सदरमुकाम दमौली बजारबाट झण्डै साढे पाँच किलोमिटर उत्तरतर्फको यहाँ हड्डी पेल्ने मेसिन राख्ने, प्राङगारिक मल उत्पादन गर्ने तथा विस्तारै आवश्यकता बोध भएका अन्य योजना विस्तार गर्ने सोच रहेको पनि सचिव केसीको भनाइ छ। सचिव केसीले भने, ‘हड्डी पेल्ने मेसिन र प्राङ्गारिक मल उत्पादनका लागि पनि सम्माननीय राष्ट्रपतिज्यूबाट सहयोगको अपेक्षा गरेका छौँ।’

छाडा चौपायाको आहारका लागि नगरपालिकाले मासिक रुपमा खर्च व्यवस्थापन गर्दै आएको नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले बताए। हालसम्म गौशाला निर्माणको लागि एक करोड खर्च भएको समितिले जनाएको छ।

प्रकाशित: २०८० असार २५ गते सोमबार ०४:०७
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना