२०८३ कार्तिक १३ गते बिहिबार

मनाइँदै विश्व जनसंख्या दिवस, प्रजनन दर घटेकामा मन्त्री बस्नेतको चिन्ता

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार २६
world population day
काठमाडौंको व्यस्त व्यापारिक क्षेत्र असन वरपर देखिएको नागरिकको भीड। फाइल तस्बिर

काठमाडौं– नेपालसहित विश्वभर ‘लैंगिक समानतालाई बनाऔं, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ नारासहित आज जनसंख्या दिवस मनाइँदै छ। दिवस अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्या वृद्धिदर र प्रजनन दर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुन सक्ने बताएका छन्।

विश्व जनसंख्या दिवस अवसरमा शुभकामना सन्देश दिँदै उनले जनसंख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरुपमा गइरहेकोसमेत बताए। ‘जनसंख्याको असन्तुलित अवस्था हेर्दा पहाडी क्षेत्रमा अनुकूल वातावरण र विकासका अवसर सिर्जना गरी अव्यवस्थित बसाइँसराइको प्रक्रियालाई रोक्न आवश्यक भइरहेको छ’, उनले जारी गरेको सन्देशमा भनिएको छ।

मन्त्री बस्नेतले राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालको जनसांख्यिक संरचनामा केही फेरबदल आएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार भए पनि सहरी तथा सुविधासम्पन्न स्थानमा जनसंख्याको बढ्दो चाप, जनसंख्या वृद्धिदरमा देखिएको कमी, ठूलो हिस्सा रहेको आर्थिक रूपले सक्रिय जनसंख्याको उचित परिचालन, लैंगिक विभेद तथा सामाजिक कुरीति व्यवस्थापन गर्न थप कदम चाल्नुपर्ने देखिएको बताए।

उनले दिगो विकास लक्ष्यले परिकल्पना गरेअनुसार प्रगति हासिल गर्ने गम्भीरतापूर्वक भौगोलिक, क्षेत्रगत र लैङ्गिक असमानता घटाउने गरी कार्यक्रम अन्तरनिकाय र तीनै तहका सरकारबीच संकल्पसहितको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए।

उनले जन्म, मृत्युदर्ताजस्ता व्यक्तिगत घटना दर्ता प्रणाली प्रभावकारी बनाउने, ज्येष्ठ नागरिकलगायत विपन्न तथा आमनागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, लैंगिक हिंसा प्रभावितका लागि उपचार तथा परामर्श सेवा दिने र जनसंख्या व्यवस्थापनमा महत्त्वपूर्ण रहेका पक्षमा अध्ययन, अनुसन्धानका कार्यमार्फत नीतिगत सुधारका पहल निरन्तर भइरहेको सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित: २०८० असार २६ गते मङ्गलबार ०८:४२
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना