काठमाडौँ- लक्ष्मी बैंक र सनराइज बैंकका सबै कारोबार दुई दिन बन्द हुने भएका छन्। असार २७ र २८ गते दुवै बैंकका कारोबार बन्द हुने सम्बन्धित बैंकहरूले जानकारी दिएका छन्।
लक्ष्मी र सनराइज आपसमा मर्ज हुने भएकाले डाटा माइग्रेसनका लागि सबै सेवा (क्रेडिट कार्डबाहेक) बन्द हुने जानकारी दुवै बैंकले दिएका छन्। दुवै बैंकले असार २९ गते एकीकृत कारोबार सुरु गर्ने जानकारी यसअघि नै दिएका छन्।
मर्जपछि बन्ने बैंकको नाम सनराइज लक्ष्मी बैंक लिमिटेड हुनेछ।


