काठमाडौँ- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति समवेदना व्यक्त गरेका छन्। प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति दुख व्यक्त गर्दै नेता रिजालले यस्तो बताएका हुन्।
पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रधानमन्त्री र परिवारजनलाई अपूरणीय क्षति भएको बताए।
‘स्व दाहाल प्रधानमन्त्रीकी पत्नी मात्र नभइ राजनीति आरोह अवरोधको सहयात्री हुनुहुन्थ्यो। अध्यक्ष प्रचण्डका लागि ठूलो क्षति हो, उहाँका लागि परेको चोट हामी सबैले अनुमान गर्न सक्छौँ,’ उनले भनेका थिए।
स्व सीताको माओवादी आन्दोलन र नेपालको राजनीतिमा ठूलो योगदान रहेको बताए। प्रधानन्त्रीलगायत सम्पूर्ण परिवारजनलाई परेको दुखदप्रति सहानुभूति प्रकट गर्दै नेता रिजालले शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा दत्तचित्त भएर अझै राम्रो काम गर्न सकोस भनी कामना गरे।


