२०८३ कार्तिक १३ गते बिहिबार

आलुखेतीले रोकेको पिथौरागढ यात्रा

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार २८
aalu kheti potato
फाइल तस्बिर

बझाङ, असार २८ – बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए। आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनी तरकारी खेती रोजेका हुन्।

बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन। छोड्नुपर्ने अवस्था पनि छैन। पाँच कट्ठामा बीउ रोपेका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उनको रोजाइ तरकारी खेती नै भएको छ।

‘दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो। गत साता रु ३४ हजारको आलु बिक्री गरे। अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ’, बोहराले भने। उनी यस वर्ष मात्र लामो समयसम्म घरमा बसेका हुन्।

वर्षमा झण्डै आठ महिना समय बोहराको भारतमै मजदुरी गरेर वित्थ्यो। मजदुरीबाटै उनको परिवारको खर्च चल्थ्यो। बोहराले भने, ‘एक वर्षयता मजदुरी गर्न भारत गएको छैन। आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु। अब मजदुरी गर्न भारत जाँदैन।’

कृषि ज्ञान केन्द्रले बीउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहराले बताइन्। उनले भनिन्, ‘हामीलाई आलु खेतीबारे खासै ज्ञान थिएन। कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ, बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ। यसरी व्यावसायिकरूपमा आलु खेती गरेको पहिलो पटक हो। सुरूआतमै फाइदा भयो।’

बोहराका अनुसार रातो आलु एउटै बोटमा २० दानासम्म फलेको छ। हालसम्म रु २७ हजारको आलु बिक्री गरिसकेको उनले सुनाइन्। किशोरावस्थामै पुरुष विद्यालय छोडेर भारतमा मजदुरी गर्न जाने गरेका छन्। रमादेवीका छोरा किरण पनि मजदुरी गर्न भारतको पिथौरागढ जाने तयारीमा थिए।

रमादेवीले भनिन्, ‘अब गाउँमै तरकारी खेतीमै मिहेनत गर्न लगाउँछु। यसबाटै जिन्दगी चल्छ जस्तो लागेको छ। पढाइ पनि गर्छ, भारत पठाउँदिन।’

राजमार्ग नजिकका कृषक तरकारी खेतीतर्फ

मनमती बोहरा ७१ वर्षकी भइन्। उनलाई अहिलेको जसरी आनन्दपुरमा यसरी आलु फलेको सम्झना छैन। उनी सुनाउँछिन् ‘एकपटक श्रीमान्ले बाली फेर्नुपर्‍यो भनेर आलु र टमाटर लगाउनुभएको थियो तर, त्यो बेला बढी मल र निरन्तर पानीका कारण खासै उब्जनी भएन।’ त्यसपछि कहिल्यै आलु नलगाएको उनले बताइन्।

यसपटक भने एकै गह्राबाट ११ क्विन्टल आलु बेचेको मनमतीले बताइन्। ‘हाम्रो सबै बारी गरेर तीन क्विन्टल बराबर मकै फल्थ्यो। आफूले खाने, वस्तुभाउलाई खुवाउनमै बराबर हुन्थ्यो। यसपटक भने नसोचेकै आलु उत्पादन भयो। आलु निकाल्न, सुकाउन घरमा सबैलाई दौडधुप भइरहेको छ,’ उनले भनिन्।

धवलसिंह बोहरा अहिले दोस्रो चरणमा आलु बजारीकरण गर्नका लागि तयारी गरिरहेका छन्। ‘पहिलो चरणमा लिएको आलु कैलालीसम्म पुग्यो’, उनले भने, ‘फेरि आलु निकालेर सुकाइरहेका छौँ। अब दोस्रो साता ट्रकमा नै तराईसम्म लिने तयारी भइरहेको छ।’

धवलसिंहको परिवारमा अहिले पाँच जना छन्। पाँचै जना आलुकै पछाडि लागिरहेका छन्। दुई वर्ष अगाडिदेखि नै नेपाल आएका धवलसिंहलाई यसपटक भने व्यावसायिक सफलता मिलेको छ। ‘वर्षभरि काम गर्दा रु एक हजार पनि गाउँमा नकमाउने हामी अहिले निर्धक्क छौँ। समयअनुसारको व्यवसायबाट लाभ लिन सकिने रहेछ भन्ने सिकाइ पनि भयो,’ उनले भने।

यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले कृषकलाई व्यावसायिक बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको बताए। ‘कृषकलाई व्यवसायमा प्रेरित गर्नका लागि बीउदेखि बजारसम्मको काम गरिरहेका छौँ’, विष्टले भने, ‘काम गर्ने कृषकका लागि हामी रात दिन नभनी सहयोग गर्छौं।’ आनन्दपुरमा पनि आफूले गरेको मेहेनतअनुसार सिचाई, मलको अभाव हुँदासमेत निकै राम्रो फलेको उनले बताए। ‘कृषकले इमानदारिताका साथ काम गरेमा उहाँहरूको भविष्य कृषिमै सुनिश्चित हुन्छ,’ उनले भने।

जिल्लामा विभिन्न प्रकारका हाइब्रिड खाले तरकारी, फलफूल अन्य बालीको परीक्षणसमेत भइरहेको उनले बताए। उनले भने, ‘हामीले चैते धानको पनि सफल परीक्षण गरिसकेका छौँ। ड्राइगन खेती भरखर सुरू गरेका छौँ। नतिजा सफलोन्मुखतिरै देखिएको छ।’

नेपालमा मजदुरी गर्न पनि पाइन्न

आनन्दपुरकै सीताराम तीन वर्ष अगाडि सडकमा ग्याविन जाली भर्ने काम गर्थे। तीन महिनासम्म लगातार सडकमा काम गरेको ज्याला एक वर्षसम्म पनि पाएनन्। ठेकेदारले भोलि भोलि भन्दै हैरानी पारेपछि परिवार पाल्नै समस्या भयो। तलब नपाएपछि उनी पिथौरागढतर्फ हानिए। विस्तारै ठेकेदारले फोन नउठाउने, अफ गर्ने भएपछि साउनको महिना सीताराम पिथौरागढ गए।

काम गर्ने अवसर हुँदाहुँदै पनि मजदुर ठगिने हुँदा नेपालमा बस्ने समस्या हुने गरेको उनले बताए। उनले भने, ‘हामी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मान्छे। काम गराएर पैसा नदिएपछि त गाउँघरमा कसरी बस्नु १’ काम गरेको पैसा समयमै पाउनुको सट्टा उल्टै ‘दश ढोग, अठार सलाम’ गर्नुपर्ने उनले बताए। ‘पिथौरागढमा भने काम गरेपछि जुन बेला पनि पैसा पाउँछ’, उनले भने, ‘पिथौरामा सानो ठूलो काम गरेपछि उसैबेला पैसा पाइन्छ। पैसाको खाँचो पनि हुँदैन। काम भने शक्तिअनुसारकै हुन्छ।’

भारतकै पैसाले फेरिएको आनन्दपुर

आनन्दपुरमा ३५ परिवार छन्। ती परिवारका सदस्य अधिकांश भारतको पिथौरागढमै छन्। सानो तिनो काम गर्न सक्ने सबै पुरूष चार महिनाबाहेकका आठ महिना मजदुरीका लागि जाने गर्छन्। पिथौरागढमा उनीहरू भारी बोक्ने, गाडी उतार्ने, भर्ने, सामान ओसारपसार गर्नेलगायतका काम गर्छन्। धनसिंह बोहराले भने, ‘ पिथौरागढमा जति काम गर्‍यो, त्योअनुसारको पैसा आउँछ। तीन चार महिनामै कमाएको पैसाले पनि वर्षभरि घर खर्च चल्छ। यहाँ त खाली बस्नुपर्छ, नुन, तेल किन्ने पैसा पनि कमाउन सकिँदैन।’

काम गरे कमाउन सकिने भन्दै बाजे बराजुको पालादेखि पिथौरागढमा हाम्रो रोजीरोटीस्थल बनेको उनले बताए। पिथौरागढमा कमाएको पैसाले अहिले आनन्दपुर नै फेरिएको छ। ‘पहिले सबैका घरहरू स–साना खरले छाएका थिए। अहिले भने गाउँको रूप नै फेरिएको छ। धेरैले पक्की घर बनाइसकेका छन्। कतिपयका निर्माणाधीन अवस्थामा छन्। घरहरू छरिएका नभएको भए टाढाबाट विछट्टै सुन्दर देखिन्थ्यो होला,’ अहिले आनन्दपुरमा कमजोर हुनेले पनि राम्रो घर बनाइसकेको उनले बताए।

पिथौरागढ आनन्दपुरवासीको रोजाइमा पर्नुको कारण नजिकको विदेशी सहर भएकाले हो। आनन्दपुरबाट बिहान गए साँझ पिथौरागढ पुग्न सकिने, सधैँ गएको ठाउँ पनि हुँदा काम गर्न सजिलो हुँदा सबैको मजदुरको छनोटमा परेको उनले बताए।

–भूमिराज पिठातोली

प्रकाशित: २०८० असार २८ गते बिहिबार ११:०७
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

मेची बगरमा युवाले फलाए ८६ लाखको आलु, ४५ जनालाई रोजगारी

रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालक बताउँछन्।

आन्तरिक उत्पादन बढाउन आलुप्याजमा कर : अर्थमन्त्री

उनले ५० लाखभन्दा कम कारोबार गर्ने किसानलाई कर नलाग्ने समेत स्पष्ट पारे। आयात गरेर त्यो भन्दा बढी कारोबार गर्नेलाई मात्रै कर लाग्ने उनको प्रष्टीकरण थियो।

आलु मेलामा ४० टन बिक्री

हेमजा- ११औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवमा ४० टन आलु बिक्री भएको छ। प्रतिकिलो रु.३५ मा आलु किन्न स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ लगायतका ठाउँबाट समेत ग्राहक आएका थिए। हावापानीका...

आलुको पहाड बनाएर महोत्सव तयारी

पोखरा- विष्णुपादुका क्लब पोखरा-२५ हेमजाको आयोजनामा राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सवको तयारी तिव्र पारिएको छ। महोत्सवलाई कृषकको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना