काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ। शुक्रबारै नेपाल आइपुगेका सहायक विदेशमन्त्री लु देउवा निवास धुम्बाराही पुगेर भेट गरेका हुन्।
भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले गरेको ट्विटमा उल्लेख छ।
‘नेपाल-अमेरिका सम्बन्धलाई थप बलियो बनाउने विषमा हामीले रचनात्मक छलफल गरेका छौँ,’ देउवाको ट्विटमा उल्लेख छ, ‘नेपालमा शान्ति, प्रजातन्त्र र विकासमा अमेरिका र लुले पुर्याएको सहयोगप्रति कृतज्ञ छु।’
Honored to have had a productive meeting with US Assistant Secretary of State Donald Lu. We had constructive discussions on further strengthening Nepal-US ties.Grateful for the US Government & Secretary Lou’s unwavering support to promote peace, democracy
& development in Nepal. pic.twitter.com/UbE2n7fjqF— Sher Bahadur Deuba (@SherBDeuba) July 14, 2023
अमेरिकी विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदलाई समेत भेट गर्ने कार्यक्रम छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लु भ्रमणको औपचारिक घोषणा गरेको थियो। उनी शुक्रबार मध्याह्न नहुँदै नेपाल आइपुगेका थिए।
लुले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग पनि भेटघाट गर्नेछन्। नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे लुले बुझ्ने दूतावासले बताएको छ।
यसअघि नेपालले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गरेका थिए। उनी एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुनु चार महिनाअघि पनि नेपाल आएका थिए।


