चितवन- सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञविलास (वाईबी) पौडेलले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को उपाध्यक्ष पदका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन। शनिबार काठमाडौँमा हुने इक्यानको अधिवेशनमा पौडेलले उपाध्यक्षका लागि प्रत्यासी बन्ने घोषणा गरेका हुन्।
स्वतन्त्र रूपमा केन्द्रीय उपाध्यक्षका लागि प्रतिस्पर्धामा होमिउका पौडेल इक्यानमा यसअघि केन्द्रीय सदस्यसमेत भइसकेका छन्। उनी चितवनबाट निर्वाचित हुने इक्यानको पहिलो केन्द्रीय सदस्य हुन्।
उनको संस्था सेन्ट्रल कलेज विदेश अध्ययनमा जाने विद्यार्थीहरुका लागि परामर्श तथा सल्लाह पनि प्रदान गर्दै आएको छ। चितवनको नारायणगढमा केन्द्रीय कार्यालय रहेको कलेजले जापान र कोरियामा पनि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ।
देशका विभिन्न सहरहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएको कलेजले विगत २० वर्षदेखि निरन्तर शैक्षिक परामर्श व्यवसाय मार्फत विद्यार्थीलाई विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि सेवा दिँदै आएको पौडेलले बताए। उनी सामाजक सेवा र खेलकुद क्षेत्रमा समेत सक्रिय छन्।
इक्यानमा उम्मेदवारी घोषणा गर्दै पौडेलले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारे। उनले शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान र यो व्यवसायलाई मर्यादित बनाउने बताए।
उनले आफ्नो विजय पश्चात् जापानलगायत सबै देशमा उच्च शिक्षाका लागि विद्यार्थी पठाउने शैक्षिक परामर्शदाता संस्थाहरूको एकरूपता ल्याउने दाबी गरेका छन्। शैक्षिक परामर्श व्यवसायीको हक हित र अधिकारीका लागि आफूले निरन्तर काम गर्ने पौडेलको प्रतिबद्धता छ।
पौडेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था, खेलकुद क्षेत्र र मिडियामा समेत आबद्ध छन्। उनले स्कुल कलेज लगायतका शैक्षिक क्षेत्रमा समेत विभिन्न तह र तप्कामा रहेर काम गरेका छन्। उनी अङ्ग्रेजी भाषा तथा आईईएलटीएसका योग्य र अनुभवी प्रशिक्षकका रूपमा चिनिन्छन्।
पौडेल कुनै पनि कन्सलटेन्सी चलाउन आवश्यक पर्ने काउन्सेलिङ (टीआईटीआई ट्रेनिङका प्रशिक्षक समेत रहेका छन्। विभिन्न देशको भिजिट गरेर अनुभव सँगालेका उनले सबैलाई समन्वय गरेर काम गर्ने क्षमता राख्छन्।
यस्ता छन् पौडेलका एजेन्डा



