काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद आइतबार थाइल्यान्ड जाने भएका छन्। बैंककमा हुने बिम्स्टेक राष्ट्रका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुन साउद बैंकक जान लागेका हुन्।
आइतबार दिउँसो साढे १ बजे थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने कार्यसूची रहेको मन्त्री साउद सोमबार मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनेछन्।
मंगलबार थाई स्माइलबाटै उनी स्वदेश फर्कने कार्यक्रम छ।



