२०८३ कार्तिक १३ गते बिहिबार

‘बर्खे तरकारी बेचेर झण्डै दुई लाख कमाई भएछ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
afnai bariki tarkaro agriculture
बाँके वैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीले आफ्नै बारीमा फलेको तरकारी बेचेर दैनिक रु ५ हजार ५०० को आम्दानी गर्छिन्। २३ किलोमिटरको दुरी पार गर्दै उनले आफ्नै बारीमा फलेका तरकारी बिक्री गर्न नेपालगञ्जको बजारमा आउने शान्तिले यसपटक १ लाख ९५ हजारको कमाई गरेको बताइन्। तरकारीबाट राम्रो कमाई हुन थालेपछि उनीसँगै अरुले पनि तरकारी बेच्न थालेका छन्। तस्बिर : रुपनी जिएम/रासस

जानकी – बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ। प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्दछ। शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्छिन्।

मौसमअनुसार बारीमा फलाइएका तरकारी बेच्ने शान्तिलाई आफूले कति किलो तरकारी लिएर बिक्री गर्ने गरेको भन्ने थाहा छैन तर बजारसम्म ल्याइएका तरकारी भने सबै बेचेर घर फर्कन्छिन् उनी। ‘अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ। यी त सबै आफ्नै बारीमा फलाइएका तरकारी हुन्’, उनले भनिन्, ‘आफ्नै बारीमा फलेको हुनाले टिप्यो बोरामा बाँध्यो अनि बजारमा ल्याएर बेच्यो। कति किलो ल्याइएको हुन्छ भन्ने थाहा नभए पनि बोकेर ल्याइएका सबै तरकारी बेचेर फर्कन्छु।’ शान्तिले नेपालगन्जको सडक छेउमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, बर्खे र बाह्रैमासे तरकारी बेच्दै आएको बताइन्।

प्रत्येक बिहान सडक छेउमा तरकारी बेजेर शान्तिले दैनिक चारदेखि पाँच हजारसम्म कमाउने गरेको बताउछिन्। उनले यसपटक बर्खे तरकारी बेचेर एक लाख ९५ हजार कमाई गरेको बताइन्। ‘दैनिक आम्दानी थोरै भनेको रु तीन हजार हुन्छ, नत्र त प्राय: चारदेखि पाँच हजारसम्मको भइरहन्छ। हामी बूढाबूढीले अस्ति भर्खरै हिसाब गरेको बर्खे तरकारी बेचेर एक लाख ९५ हजारको कमाई भएको रहेछ।’ तरकारीबाट कमाएको पैसाले छोरीको पढाइ खर्च र घर खर्च दुवै चलेको उनले बताइन्। शान्तिको चार छोरीसहित छ जनाको परिवार छन्।

शान्तिले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत चार वर्षदेखि घर चलाउँदै आएकी छिन् शोभारानी थारूले पनि। पचपन्न वर्षीया शोभारानीको आम्दानी दैनिक दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्मको हुने गर्दछ। उनले बर्खे बालीभन्दा हिउँदे बालीबाट बढी आम्दानी गर्ने गरेको बताइन्। ‘हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बालीबाट उत्पादन भएका चना, केराउ, मसुरोको दानासँगै जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको पाँच हजार पाँच सयसम्मको आम्दानी गरेको छु’, उनले भनिन्।

शोभारानी र शान्ति एउटै गाउँका भएको हुनाले उनीहरू बिहान ७:०० बजे नै गाउँबाट तरकारी बोकेर बेच्नका लागि नेपालगन्जको धम्बौझीमा आइपुग्छन्। यो समयमा शोभारानीले कटहर, आलु, प्याज, बर्खे खुर्सानी, भान्टा, कर्मुलाको सागलगायतका हरियो तरकारी बेच्दै आएकी छिन्। साथीको देखेर आफूले पनि बारीमा फलेको तरकारीलाई नेपालगन्जको बजारसम्म ल्याएर बेच्न सुरु गरेको शोभारानीले बताइन्। सुरु–सुरुमा लाज लागेको बताउने उनले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताउछिन्। ‘सडकको छेउमा तरकारीका थुप्रो लगाएर बेच्न मलाई पहिला त लाज लागेको थियो। तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु। अब त सकुञ्जेल यही नै गर्ने हो’, शोभारानीले आठ कठ्ठा जग्गामा लगाइएको तरकारीलाई बजारसम्म ल्याएर बिक्री गर्ने गर्छिन्।

शान्ति र शोभारानीलाई पछ्याउँदै ३० वर्षीया सुबिनाकुमारी थारूले पनि आफैँले बारीमा फलाएको हरियो तरकारीलाई बजारमा ल्याएर बेच्ने गर्छिन्। उनले यसरी तरकारी बेच्न लागेको तीन वर्ष भएको छ। तरकारी बेच्नुभन्दा पहिला उनले ज्याला मजदुरी गर्थिन्। आफूले दिनभरि काम गर्दा जम्मा पाँच सय पाउने र तरकारी बेचेर शोभारानी अनि शान्तिले २५ सयदेखि ५५ सयसम्म आम्दानी गरेको थाहा पाएपछि उनले पनि बारीमा फलेका तरकारीलाई बजार भाउ दिन सुरु गरिन्।

‘पहिला–पहिला त मैले ज्याला मजदुरी गर्थेँ। दिनभरि काम गर्दा जम्मा पाँच सयमात्र कमाइ हुन्थ्यो। थकाइ पनि उस्तै। जब मैले छिमेकीहरूले बारीमा फलेको तरकारी बेचेर एकै दिनमा पाँच हजारसम्म कमाएको थाहा पाएँ, त्यसपछि मैले पनि उनीहरूसँगै बारीमा फलेका तरकारी बजार लगेर बेच्न सुरु गरेँ’, सुबिनाले भनिन्, ‘अर्काको काम गर्दा बिहानदेखि बेलुकासम्म नै खटिनुपर्थ्यो। सानै भए पनि यो त आफ्नै व्यापार हो। बिहानभरि तरकारी बेचेर दिउँसो घरको काम गर्न पनि पाइन्छ।’

तरकारी बेचेरै सुबिनाले पनि एक बिहान तीन हजार पाँच सय हाराहारीमा आम्दानी गर्ने गर्छिन्। उनी दिन बिराएर तरकारी बिक्री गर्न नेपालगन्ज आउने गर्छिन्। तरकारीबाट राम्रो आम्दानी हुन थालेछि सुबिनाले बारीमा व्यावसायिक खेती गर्न सुरु गरेको बताइन्। ‘पहिला घरमै मात्र खानका लागि तरकारी लगाइन्थ्यो। अहिले तरकारीबाट सोचेको भन्दा राम्रो आम्दानी हुन थालेपछि गोडमेलका लागि दुईदेखि तीन जनासम्म मान्छे लगाएर व्यावसायिकरूपमा तरकारी लगाउने गर्छु।’

तरकारी फलाउनमा सुबिनाको श्रीमानले सहयोग गर्नुका साथै ज्याला मजदुरको काम पनि गर्छन्। उनका एक छोरा र एक छोरी छन्। चार जनाको परिवारलाई सुबिनाकै तरकारीले पालेको छ। अरुको काम गरेर ज्याला मजदुरीका रूपमा चिनिनुभन्दा सानै भए पनि आफ्नै व्यापार गरेर आत्मसन्तुष्टि भएको सुबिना बताउछिन्। ‘अहिले म निकै खुसी छु। अर्कैकामा काम गर्छु भन्नुभन्दा आफ्नै व्यापार गर्छु भन्नुमा छुुट्टै मज्जा छ’,उनले भनिन्, ‘सडककै छेउमा बोरो ओछ्याएर तरकारी बेच्दा पनि यसले हामीलाई आत्मनिर्भर बन्न सिकाएको छ।’

नेपलागन्जको धम्बोझी चोक नजिकै प्रत्येक बिहान सडकको छेउमा अर्गानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ। प्राय: मर्निङ वाक गर्नेले तरकारी किनेर लैजाने गर्दछन्। बिहान सडक सुनसान हुने र १०:०० बजेपछि सरकारी कामसँगै चहलपहल पनि बढ्ने भएकाले पाँच–छ देखि १०:०० बजेसम्म तरकारी बेच्ने वातावरण मिलाइदिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए। विगत केही वर्षदेखि नेपालगन्जका सडक छेउमा गाउँघरका अग्र्यानिक मौसमी तरकारीले बजार लिन थालेका छन्।

– रुपनी जिएम/रासस

प्रकाशित: २०८० असार ३१ गते आईतबार ११:१९
प्रतिक्रिया

थप समाचार

इटहरी सेन्टर प्लाजा आगलागी : हेलिकोप्टरद्वारा ११ जनाको उद्धार

इटहरी (सुनसरी)- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी...

बालेनको घर पुगेर प्रचण्डले भने- रमाइलो छ, सबै मिलेर देश बनाउनु छ

काठमाडौँ-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो अनुभुति भएको बताएका छन्। जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समते...

आबुखैरहनीमा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

दमौली -  पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेहनी गाउँपालिका–१ सत्र सयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा...

निर्दोष बालबालिका पनि कारागारमा

गलकोट (बागलुङ)- जिल्ला कारागारमा निर्दोष बालबालिकालाई पनि जेलमा राख्ने गरिएको छ। बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका कारगारमा बस्न बाध्य भएका हुन्। चार वर्षीय बालक कारागारमा बसेको १०...

मिटरब्याजपीडितलाई सरकारले वार्तामा बोलायो

काठमाडौँ-  आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतबार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना