काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। साउन २ गते केन्द्रीय समिति बैठक अघि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।
सोमबार दिउँसो ३ बजे देउवा निवास धुम्बाराहीमा बैठक बोलाइएको देउवाको सचिवालयले जानकारी दिएको छ। केन्द्रीय समिति बैठकअघि पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग कांग्रेसले छलफल गर्दै आएको छ।
यसअघि केही केन्द्रीय सदस्यहरूले नीति महाधिवेशन र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान चलाउँदै आएका थिए। यी विषयमा केन्द्रीय समितिमा छलफल हुने बताइएको छ।
यसअघि असार २७ गतेका लागि बोलाइएको बैठक साउन २ का लागि सारिएको हो।


