काठमाडौँ- काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ।
सिनामंगल पुल नजिक खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो।
शंकास्पद वस्तु फेला परेको स्थान नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ।
शंकास्पद वस्तु भेटिएको स्थानको वरपर प्रहरीले आवागमन रोकेको छ।
घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ।


