काठमाडौं – श्रीलंकामा जारी एसीसी परुष इमर्जिङ टिम्स एसिया कपको आजको खेलमा नेपालले युएईको ए टिमको समाना गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको युएईविरुद्ध नेपालका कुशल भुर्तेल, कुशल मल्ल र पवन सर्राफले विकेट लिएका छन्।
२६ ओभर सकिँदा युएईले चार विकेट गुमाएको छ।
चार विकेटमध्ये नेपाला कुशल भुर्तेलले दुई विकेट लिए उनले। लभप्रित बजवा र इथन कार्ड डिसुजालाई आउट गराए। आउट हुनुअघिसम्म ओपनर समेत रहेका बजवाले ५२ रनको अर्धसतकिय पारी खेले भने डिसुजाले १८ रन बनाएका थिए।
त्यस्तै, आउट भएका आर्यन्स शर्माले १४ रन बनाउँदा अनश टन्डनले तीन रन मात्र जोड्न सके।
२६ ओभर सकिँदा युएईले १११ रन बनाएको छ।


