काठमाडौं – नेपालका ब्याटर कुशल भुर्तेलले ६ विकेट लिएपछि नेपालले निर्धारित ५० ओभर नखेल्दै युएईलाई आलआउट गरेको छ। श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको आजको खेलमा नेपालले जिको लागि १५८ रनको लक्ष्य पाएको छ।
४४ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर युएईको ए टिमले १५७ रन बनाएपछि नेपालले १५८ रन को लक्ष्य पाएको हो।
बलिङमा कन्सिस्टेन्ट प्रदर्शन गरेको नेपालका कुशल भुर्तेलले ६ विकेट गिराउँदा मौसम ढकालले दुई विकेट लिए। त्यस्तै, कुशल मल्लले एक र पवन सर्राफले पनि एक विकेट लिए।
नेपालविरुद्ध लभप्रित बजवाले ५२ रन बनाए भने १४ रन बनाएर अर्का ओपनर आर्यन्स शर्मा पनि आउट भए।
तेस्रो नम्बरमा मैदान पसेका अन्स टन्डनले तीन रन नै बनाए। इथन कार्ल डिसुजाले १८ रन बनाए भने अशवन्थ थापाले १६रनको योगदान दिए।
खेलमा जस जियानीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।


