काठमाडौं- इन्डिनय प्रिमियर लिग (आईपिएल) को अहिले पाँचौ चरणका खेलहरु भइरहेका छन्। पाँचौ चरणसम्म आइपुग्दा आईपिएलका २१ खेल सम्पन्न भइसकेका छन्। अहिलेसम्म मुम्बइले मात्र तीन खेलमा सहभागीता जनाएको छ। दिल्ली, पञ्जाब र राजस्थानले समान ५–५ खेल खेलिसकेका छन्। ७० खेलको यो प्रतियोगितामा अहिलेबाटै केही खेलाडी ओरेन्ज क्याप र पर्पल क्यापको दौडमा निस्किसकेका छन्।
आईपिएलमा धेरै रन बनाउने खेलाडीलाई ओरेन्ज क्यापले सम्मान गरिन्छ भने धेरै विकेट लिने खेलाडीलाई पर्पल क्यापले सम्मान गरिन्छ। साथै लिगमा यि क्यापको प्रतिस्पर्धालाई पनि निकै रोचक मनिने गरेको छ।
लिगमा शनिबार(हिजो) राति दुई खेल भएसँगै पाँचौ चरणका खेल सुरु भइसकेका छन्। लिग सुरुआतमै हँदा पनि केही खेलाडीले सानदार प्रदर्शन गर्न थालिसकेका थिए। उनीहरुको अहिलेको प्रदर्शन पनि उच्चतम देखिन्छ।
ब्याटिङतर्फ यसरी सानदार प्रदर्शन गर्ने खेलाडीको शीर्षस्थानमा छन् पञ्जाब किंग्सका शिखर धवन। उनले चार खेलमा अहिलेसम्म २३३ रन बनाइसकेका छन्। तर उनीले हिजो लखनौंविरुद्ध मैदानमा देखिएनन्। साम कुरनका अनुसार उनी चाँडै खेलमा उपस्थित हुनेछन्।
अहिलेसम्म उनको सबैभन्दा उच्च स्कोर अविजित ९९ रन हो, जुन उनले सनराइजर्स हैदराबादविरुद्ध बनाएका थिए। त्यसअघि उनले राजस्थान रोयल्सविरुद्ध ८६ रन बनाएका थिए।
आईपिएल लिडरबोर्डको दोस्रो स्थानमा डेबिड वार्नर छन्। उनले पाँ खेलबाट २२८ रन बनाए। त्यस्तै विराट कोहलीलेले चार खेलबाट २१४ रन बनाउँदा जस बटलरले २०४ रन बनाएका छन्। अहिलेसम्म दुई सय रन कटाउन चार खेलाडी मात्र छन। तर दुई सय रनको आसपास पुर्याउने भने फाफ डुप्लेसिस, रितुराज गायक्वड र सुभमन गिल पनि रहेका छन्।
अघिल्लो हप्तासम्म सुभमन गिलले तालिकाको लिडरबोड लिड गरिरहेका थिए। साथै आइपिएलको एक इनिङमा ह्यारी ब्रुकले सतक बनाइसकेका छन्। यद्यपी उनको कुल सकोर १२९ रन मात्र छ।
बलिङतर्फ ११ विकेट लिएका लखनौका मार्क वुडले पर्पल क्यापको दौडमा लिड गरिरहेका छन्। उनले आफ्नो चौथो खेल सकिएपछि युजवेन्द्र चहललाई एक विकेटले पछि पारेका छन्।
यसअघि सम्म राजस्थान रोयल्सका युजवेन्द्र चहलले आईपिएल पर्पल क्यापको लिड गरिरहेका थिए। उनले चार खेलमा १० विकेट लिएका छन्। चहलले पहिलो खेलमा हैदराबादविरुद्ध चार विकेट लिएका थिए। यता मार्क वुडले त यसअघिसम्म दुई खेलमा नै आठ विकेट पुरा गरेका थिए। लखनौंका यि खेलाडीले पछिललो दुई खेलमा थप तीन विकेट लिए।
आईपिएलमा रशिद खान(२ खेल) ले ९ विकेट लिइसकेका छन्। त्यस्तै, रवि विश्नोइ(३खेल) र अर्षदिप सिंह(२) ले समान ८–८ विकेट लिइसकेका छन्। सात विकेट लिने खेलाडीमा तुशहर देशपन्डे(४), मोहम्मद शामी(४), अल्जरी जोशेप(४० र मोहम्मद सिरजले छन्। अहिलेसम्म पाँच जनाले छ विकेट लिइसकेका छन्।


