काठमाडौँ – त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज मंगलबार नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ।
लगातार तेस्रो हार बेहोरेको नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ । थाइल्यान्ड भने अपराजित छ ।
शृङ्खलामा लगातार तेस्रो जित हात पारेको थाइल्याण्ड ६ अंकसहित शीर्ष स्थानमा छ। नेदरल्याण्ड्सले चार खेलमा ४ अंक जोडेको छ। नेपाल भने अंकविहीन छ।


